नेताहरु अभिनेता बनेको फिल्म फ्लप, तनावमा निर्देशक ढुंगाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो । स्रोतका अनुसार चलचित्रले दुई करोड लगानी डुबाएको हो ।
अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन । गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको बताइएको छ । प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको बताइन्छ ।
चलचित्र डुबेपछि यतिबेला निर्माता समेत रहेका निर्देशक ढुंगाना तनावमा छन् । चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनको भनाई छ । उसो त सामाजिक सञ्जालमा चलचित्रको राम्रै चर्चा भएको थियो । तर हलमा भने दर्शक देखिएनन् ।
चलचित्र सामाजिक कथावस्तुमा केन्द्रित भएपनि दर्शकमा राजनीतिक विषय वस्तु हो कि भन्ने भ्रम सिर्जना भएर नचलेको रमितको अनुमान छ । फिल्म नचल्दा अमेरिकामा भएकी श्रीमतिले पनि गाली गरेको उनको दुःखेसो छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
