Jankari Kendra
१० श्रावण २०८३, आईतवार

फोटोनले २८ औं वार्षिकोत्सव नेपाल सहित विश्वव्यापी विभिन्न कार्यक्रमका साथ मनाए

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, भाद्र, १४
फोटोनले २८ औं वार्षिकोत्सव नेपाल सहित विश्वव्यापी विभिन्न कार्यक्रमका साथ मनाए

काठमाडौं ।  विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको बताइएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो । नाडा अटो शोमा केक काटेर कम्पनीले २८औं वार्षिकोत्सव मनाएको जनाएको छ ।

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष श्री विष्णु अग्रवाल र प्रबन्ध निर्देशक श्री विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्प्रित रहेको सन्देश दिए ।

एमएडब्लु वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर 1 कमर्शियल भेहिकल निर्माता) ले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्ने कम्पनीको रहेको दाबी छ। फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिने कम्पनीले बताएको छ ।

युट्युब सट्स