Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

फिल्म ‘दुखी आत्मा’ मा दयाहाङ, आँचलपछि अनुपविक्रम भित्रिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, १८
फिल्म ‘दुखी आत्मा’ मा दयाहाङ, आँचलपछि अनुपविक्रम भित्रिए

काठमाडौं । निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित् भएका छन् । २४ भदौबाट सुटिङ सुरु गर्न लागिएको फिल्ममा केही समयअघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित् भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।

क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’ मा सँगै अभिनय गर्न लागेका हुन् ।

काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्ममा दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् ।

फिल्मका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

Top Changing Nepal

युट्युब सट्स