Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

ट्रम्पलाई सजाय राष्ट्रपति निर्वाचनपछि सुनाइने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, २२
ट्रम्पलाई सजाय राष्ट्रपति निर्वाचनपछि सुनाइने

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ । न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो, तर राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए ।

मे महिनामा, न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो । अमेरिकामा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो । न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावले कुनै असर नपरोस् भन्ने निर्णय गर्नुपर्ने पनि बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स