यस्तो रहेको छ ऋषि पञ्चमीको महिमा
काठमाडौँ । भाद्र महिनाको शुक्ल पक्षको पाँचौँ दिनमा ऋषिपञ्चमी मनाउने प्रचलन रहदै आएको छ । धार्मिक शास्त्रमा ऋषि पञ्चमीको महत्व ठूलो रहेको बताइन्छ । ऋषिपञ्चमीको व्रत राख्नाले महिलाले पापबाट मुक्ति पाउँछ भन्ने जनविश्वास रहेको छ । यस दिन महिलाहरूले जानीजानी वा अन्जानमा भएका पापहरूको लागि भगवानसँग क्षमा मागी व्रत बस्ने प्रचलन रहेको छ ।
कश्यप,अत्रि,भारद्वाज,विश्वामित्र ,गौतम,जमदग्नि र वशिष्ठ सप्तऋषिको पूजा गरिन्छ । ऋषिपञ्चमीको व्रत महिलाले अनिवार्य रुपमा पालन गर्नुपर्छ । ऋषि पञ्चमीको दिन गंगा स्नानको पनि ठूलो महत्व रहेको बताइन्छ । यस दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने प्रचलन समेत रहेको छ ।
महिलाले महिनावारीको समयमा धार्मिक कार्य गरेमा वा नजानेर कुनै गल्ती गरेमा ऋषिपञ्चमी व्रत बसेर सप्त ऋषिको पूजा गर्नाले ती दोषबाट मुक्ति मिल्ने जनविश्वास छ । यस्तै ऋषिपञ्चमीमा महिलाले जानीजानी वा नजानी गरेको पापबाट मुक्ति पाउनको लागि पूज गर्ने प्रचलन रहेको छ।
यस दिन बिहान स्नान गरी आफ्नो घरको शुद्ध स्थानमा हरिद्र आदिको चौराकार वृत्त बनाएर त्यसमा सात ऋषिको स्थापना गरी सुगन्ध, फूल, धूप, दीप, नैवेद्य आदिले पूजा गरी अर्घ्य दिने। तरकारी खेती नगरिएको जमिन बाट उब्जाएको फलफूल आदिबाट शाकाहारी खाना खाने। नरोपी उम्रेका माटोमा फलेको फल खाने र ब्रह्मचर्य व्रत बस्ने प्रचलन पनि रहदै आएको छ ।
ऋषि पञ्चमीको दिन बिहान सबेरै उठ्ने, नुहाउने र सफा लुगा लगाउने । पूजा कोठालाई गाईको गोबरले छोपेर सप्तर्षि र देवी अरुन्धतीको मूर्ति बनाएर कलश स्थापना गर्ने , स्थापना पछि बेसार, कुमकुम, चन्दन, फूल र चामलले कलशको विधिअनुसार पूजा गर्ने, पूजा गरेर ऋषि पञ्चमीको कथा सुन्ने गोदान र ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिइ ऋषि पञ्चमीको व्रत समापन गर्ने प्रचलन रहेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



