यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर “बिगेस्ट दशैं”
काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको बताइएको छ। “बिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक उपहार प्राप्त गर्न सक्नु हुनेछ ।
“नेपालीहरूको महान चाड दशैंलाई हामी बडादशैं पनि भन्छौं। बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ। यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ।” यामाहा नेपालका सीईओ श्री संजीव शुक्लाले भन्नु भयो।

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन-द-स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ई.एम.आई. र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्ने जनाएको छ। एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा गरिएको बताइएको छ।
नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी रहेको बताइएको छ। दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको बताएको छ। आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागि यामाहा प्रसिद्ध रहेको बताइएको छ । नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि रहेको छ । यामाहाका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेको बताइएको छ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?