सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट मतदान गर्ने
काठमाडौँ । अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् ।
स्पेस स्टेशनबाटपत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन् । भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौं भनेर काम गरिरहेको छ ।’
सुनिता विलियम्सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरेको बताए । अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ५ मा हुने भएपनि त्यसअघिनै पोष्टल ब्यालेटबाट मतदान गर्ने व्यवस्था गरिएको हुन्छ ।
सुनिता र बुच जुन ५ मा अन्तरिक्ष स्टेशनमा पुगेका थिए । उनीहरु ६ जुनमा अन्तरिक्ष स्टेशन पुगेका थिए । उनीहरु जुन १३ गते फर्किने थियो । तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरुको फिर्ती स्थगित भएको थियो । अब दुवै सन् २०२५ को फेब्रुअरीमा मा मात्रै फर्किने नासाले बताएको छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

