बारामा बस दुर्घटना अपडेट: एकको मृत्यु, ४२ जना घाईते
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि गएराति १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।
प्रसुती गृहमा उपचाररत मध्ये छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् । उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

