सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर सार्वजनिक, बाइक र इलेक्ट्रिक स्कुटर किन्दा छुटै छुट
काठमाडौं । नेपालका लागि सिएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको बताइएको छ । दशै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा ल्याइएको सो अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन् ।
सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउनुका साथै हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने जनाइएको छ ।
जिहो ब्रान्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी एई ४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ ।
यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने बताइएको छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
यो अफर असोज १ देखि लागू भएको छ र आगामी कात्तिक २५ गते सम्म उपलब्ध हुनेछ । ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका वाहिर हेटौंडा र त्रिशुली बट्टारस्थित शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिने बताइएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
