सी.जी. मोटर्सले फ्यूचर ई.भी. कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै
काठमाडौं,नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले अभतार, रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, सी.जी. के.वाइ.सी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।
विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सी.जी. मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इ.भी. कार्निभल सुरु गरेको छ। यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजे देखी साँझ ६ बजेसम्म सञ्चालन हुने छ र यसमा रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, र सी.जी. के.वाइ.सी.का सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्।
ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन्। साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको छ। प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको छ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
