आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो
जानकारी केन्द्र
२०८१, आश्विन, ११
काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
४० बर्षिय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत बर्ष उनले चेन्नईको कोचिङ टिममा काम गरेका थिए भने गत टी-२० विश्वकपमा ब्राभो अफगानिस्तान टिमको कोचिङ टिममा सामेल थिए।
अब ब्राभोले कोलकोतामा गौतम गम्भीरको ठाउ लिने छन् । गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेदेखि कोलकोता नाइट राइडर्सको मेन्टर
पद खालि थियो ।
कोलकोतामा हाल चन्द्रकान्त पण्डित मुख्य प्रशिक्षक रहेका छन् भने भारत अरुण बलिङ प्रशिक्षक रहेका छन् ।आफ्नो क्यारियरमा पाँच सय भन्दा बढी टी-२० खेलको अनुभव रहेका ब्राभो लामो समयसम्म विश्वको नम्बर एक अलराउण्डर रहेका थिए ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
