फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
काठमाडौँ । शुक्रबार र शनिबार परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्म ‘सानो संसार’का निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए । अब आगामी कात्तिक ९ गते फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ । निर्माण कम्पनी प्रिन्सेस मुभिजले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो । कात्तिक ९ गते अन्य कुनै नेपाली फिल्म छैनन् ।
प्रदर्शनपूर्व काठमाडौंमा गरिएको प्रिमियरमा ‘सानो संसार’ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा भएको थियो । तर, रिलिजकै दिनदेखि देशभर पानी पर्दा हलमा फिल्म हेर्ने दर्शक शून्य बराबर थिए । यसपछि फिल्मको प्रदर्शन नै स्थगित गर्न निर्माता बाध्य भए । अब फेरि फिल्मको प्रचारमा निर्माताले ठूलो खर्च र मिहिनेत गर्नुपर्ने देखिन्छ ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ । निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

