सन् २०२६ को लागि डिभीका लागि आवेदन खुल्यो
काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन खोलेको छ । असोज १६ गते राति ९:४५ बजेदेखि खुला हुने डीभी आवेदनको म्याद कात्तिक २० गतेसम्म दिन सकिनेछ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति निकालेर आवेदन निस्शुल्क भएको जनाएको छ ।
दूतावासले आवेदनका लागि परामर्शदाताको आवश्यकता नपर्ने भएकाले अरूको परामर्श नलिन पनि सुझाव दिएको छ । बरु, आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सुझाएको छ । आवेदन फारममा श्रीमान-श्रीमति तथा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य रहेको छ । डीभीका लागि हालसालै खिचिएको फोटो आवश्यक भएको जनाइएको छ ।
डीभी परे नपरेको जानकारी २०८२ वैशाख २० गतेपछि प्राप्त हुने जनाइएको छ । अमेरिकाले डीभी कार्यक्रम अन्तर्गत विश्वका कयौं देशबाट हरेक वर्ष सयौं व्यक्तिलाई अमेरिकामा स्थायी रुपमा बसोबासको अनुमति दिइँदै आएको छ । नेपाली यो कार्यक्रम अन्तर्गत छानिएर अमेरिकामा स्थायी बसोबासमा गइरहेका छन् ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

