• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ११ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

आज नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

जानकारी केन्द्र २०८१, आश्विन, २०

काठमाडौं। नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।श्री दुर्गा सप्तशती ९चण्डी०को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिनुहुन्छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.