Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

विद्युतीय सवारी (EV) मा धुवाँ निस्किएको सम्बन्धमा कम्पनीको धारणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, ६
विद्युतीय सवारी (EV) मा धुवाँ निस्किएको सम्बन्धमा कम्पनीको धारणा

काठमाडौँ।  कार्तिक ५ गते  सोमबार बिहान सेरेज ब्राण्डको एउटा विद्युतीय सवारीसाधन (EV) मा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको थियो । गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो ।

उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो ।

यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पुर्वक स्थितिलाई नियन्त्रण लिएको छ । कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको कम्पनीले बताएको छ ।

Top Changing Nepal

युट्युब सट्स