डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
भैरहवा । डेभिस कपमा नेपालबाट अन्तराष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टिमको नेतृत्व गर्ने टिम ब्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ। खेलकुद पत्रकार मंचसहित क्रियाशिल पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाई तथा शुभकामना दिएका छन। रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेकी ज्ञवालीले लनटेनिस बिकासमा लागेको अनुभव बताउदै २०५८ सालदेखि निरन्तर लागेको बताए।
लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए। नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टिमको नेतृत्वमा जाने भएका हुन। नोभेम्बर १८- २४ सम्म बहराईनमा हुने डेभिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन।
प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट, प्रजना मानन्धर रहेका छन। पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरि १४ जनाको टिम मंसिर १ गते काठमाडौंबाट बिदाई हुनेछ।
नेपालको रेकिङ १५ स्थानमा रहेको छ। कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए। रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टिमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मंचका सचिव मनोरन्जन शर्माले खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
