भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो ।
लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।
१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।
२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ ।
यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।
गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।
फिल्मको लिंक: https://www.youtube.com/watch?v=IVPZBSuHe64
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

