• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २४ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

मङ्सिर ०१ देखि ०७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, मंसिर, १

मेष राशि
मेष राशिहरूलाई सप्ताहको शुरुवात श्रेष्ठ रहनेछ । परिवारको सहयोग तथा सञ्चित धनमा वृद्धि हुनेछ भने कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्ने सम्भावना छ । सप्ताहको अन्तिमका दिनहरू भने सोचेअनुरुप लाभदायक नरहला। कार्यक्षेत्रमा धोखा मिल्ने सम्भावना छ। पुरानो कुरालाई लिएर परिवारमा आन्तरिक कलह हुन सक्छ। सप्ताहको अन्तिम समयमा कुनैपनि नयाँ प्रोजेक्टको लागि समय अनुकूल नरहला। बजार क्षेत्रमा सोचविचारेर निर्णय लिनु होला ! यो सप्ताहको लागि शुभ अंक ६,१ हो भने शुभ रंग रातो र सेतो रहेको छ ।

वृष राशि
वृष राशिको लागि सप्ताहको प्रारम्भ सामान्य रहनेछ। पुरानो लगानीले मन अशान्त रहनेछ। विदेशतिरबाट आउने धनमा बाधा आउने सम्भावना छ। नयाँ निर्णय लिनको लागि जानकारको सल्लाह लिनुहोस्। सप्ताहको अन्तिममा पुरानो समयदेखि चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। कसैलाई प्रेमभाव व्यक्त गर्न उचित समय नहोला । यो सप्ताहको लागि शुभ अंक ८,५ हो भने शुभ रंग सेतो ,गुलाबि रहेको छ ।

मिथुन राशि
मिथुन राशिहरूलाई सप्ताहको सुरुवात सामान्य रहनेछ। कामकाजमा धेरै खट्नुपर्ने हुन्छ। समय सफलतादायक रहनेछ। गरेको काममा जस पाउनुहुन्छ। आफूभन्दा सानाको सहयोग मिल्नेछ। कार्यक्षेत्र वा नोकरीमा सोचेजस्तो अलि नहोला। सप्ताहको अन्तिम समय राम्रो रहनेछ। पुरानो समयदेखि सोचेका कार्य पूर्ण हुनेछन्। विवाहित हुनुहुन्छ भनेदेखि ससुराली पक्षबाट शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूलाई पढाइको लागि समय अनुकूल रहनेछ। यो सप्ताहको लागि शुभ रंग निलो हरियो हो भने शुभ अंक ४ र ६ रहेको छ ।

कर्कट राशि
कर्कट राशि हुनेहरूलाई सप्ताहको प्रारम्भ श्रेष्ठ रहनेछ। नोकरी होस् या व्यवसाय दुईटैमा राम्रो लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। वैदेशिक रोजगारको लागि समय अनुकूल रहनेछ। प्रतियोगी परीक्षार्थीहरूलाई सफलता मिल्ने सम्भावना छ। साताको अन्तिम समयमा नयाँ निर्णय या नयाँ कारोबार गर्नदेखि बच्नुहोस्। कार्यक्षेत्रमा एउटा काम सक्काएर नै अर्को काम प्रारम्भ गर्नुहोला। साथै लामो दूरीको यात्रा गर्नदेखि पनि बच्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोला। यो सप्ताहको लागि शुभ रङ्ग सुन्तला र सेतो हो भने शुभ अंक ७,९ रहेको छ।

सिंह राशि
सप्ताहको सुरुको दिनमा कार्यक्षेत्रले गर्दा मानसिक दबाव रहन्छ । चन्द्र राशि राहु अष्टममेश हुनको कारणले अचानक धन लाभ हुनेछ। सप्ताहको मध्य आर्थिक पक्ष सबल रहनेछ। परिस्थिति अनुसार आफूलाई शान्त राख्नुहोस्। सप्ताहको अन्तमा कसैलाई पनि झुटो बाधा या सान्त्वना नदिनुहोस्। नभए हजुर आफ्नो प्रमाणिकता पनि गुमाउन सक्नुहुन्छ। कार्यक्षेत्रमा अधिनस्थहरूको सहायता मिल्नेछ। विद्यार्थी वर्गहरूको मन अशान्त रहनाले खेलकुदमा समय दिंदा उत्तम होला । आदित्य हृदय स्रोतको पाठले दिनको सुरुवात गरौं ! यो सप्ताहको लागि शुभ रङ्ग कलेजो,पहेलो हो भने शुभ अंक १,४ रहेको छ ।

कन्या राशि
कन्या राशिहरूको लागि समय अनुकूल रहेको छ। व्यापार नौकरी लगायत हरेक क्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ। रियल स्टेट अर्थात् जमिनमा निवेश गरेर आफ्नो भविष्य सुरक्षित गर्न सक्नुहुनेछ्र कार्यक्षेत्रमा उन्नतिको अवसर मिल्नेछ। धार्मिक क्षेत्रको यात्राको योग रहेको छ । पार्टनरशिप व्यापारमा हुनुहुन्छ भनेदेखि होसियारीले काम गर्नुहोला। घरको वातावरण खुसहाल रहनेछ। जीवन साथीको स्वास्थ्यलाई अलिकता ध्यान दिनुपर्ने हुन्छ। हनुमान चालिसा गरेर दिनको सुरुवात गर्दा मनोकामना पूरा हुनेछ । यो सप्ताहको लागि शुभ अंक ५ र ३ हो भने शुभ रंग गुलाबी र हरियो रहेको छ ।

तुला राशि
सप्ताहको सुरुवातमा हजुरले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। खानपान, योग वा व्यायामलाई महत्वता दिनुहोस्। सप्ताहको मध्यतिर यदि हजुर सरकारी जागिर मा हुनुहुन्छ भनेदेखि पुरस्कार वा लाभ मिल्ने सम्भावना छ। साझेदारी व्यापार वा शेयर मार्केटमा निवेश छ भनेदेखि राम्रो समय रहेको छ। आईटी फैशन मेडिकल लाँ इन्जिनियरिङ आदिका विद्यार्थीहरूलाई सफलता मिल्नेछ। सप्ताहको अन्तमा प्रेमीबाट उपहार मिल्नेछ । यो सप्ताहको लागि शुभ अंक ६ र ३ हो भने शुभ रंग खैरो र सेतो रहेको छ ।

वृश्चिक राशि
वृश्चिक राशि हुनेहरूको लागि साताको प्रारम्भ सामान्य रहनेछ। सामाजिक काममा जोड्नुभएको थियो भने मानसम्मानमा वृद्धि हुनेछ। व्यापारमा नयाँ मार्गहरू मिल्नेछन्। सप्ताहको मध्यमा व्यापार वा निवेशलाई लिएर कुनै नयाँ निर्णय नलिनुहोला । वाहन चलाउँदा सावधान रहनुहोस्। साताको अन्तमा भाग्यले साथ दिनेछ। यो साता विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। मन अलि अशान्त रहनेछ। पुरानो कामलाई लिएर मनमा भय रहनेछ। भगवान शिवलाई जल अर्पण गरेमा मनोकामना पूरा हुने योग रहेको छ। यो सप्ताहको लागि शुभ रङ्ग रातो र केसरिया हो भने सुभ अङ्क ४ र २ रहेका छन् ।

धनु राशि
धनु राशिहरूलाई यो सप्ताहको प्रारम्भ सामान्य रहनेछ। कसैलाई पनि ऋण दिन वा लिनदेखि बच्नुहोला। चोटपटक लाग्न सक्ने हुनाले सचेत रहनुहोला। सप्ताहको मध्य विद्यार्थीहरूलाई पढाइको क्षेत्रमा अभिभावक वा शिक्षकबाट सहयोग मिल्नेछ । पुरानो समयदेखि विवाहको कुरा चलिरहेको थियो भने कुरा अगाडि बढ्नेछ । घरेलु सामान वा गर-गहना आदिमा पैसा खर्च हुनेछ। सप्ताहको अन्तिममा आर्थिक संकटबाट जोगिनुहोस् । व्यापारमा कुनै नयाँ निर्णय यो सप्ताह नलिनुहोला। नयाँ मिटिङको लागि पनि यो समय त्यति शुभ छैन। भगवान विष्णुको आराधना गरौं गरेमा मनोकामना पूरा हुनसक्छ । यो सप्ताहको लागि शुभ अङ्क ८ र ९ हो भने शुभ रङ्ग पहेलो र सिन्दुरी रहेको छ ।

मकर राशि
मकर राशि हुनेहरूको लागि यो सप्ताहको प्रारम्भमा सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। भावनामा बगेर कुनै निर्णय नलिनुहोला। प्रतियोगी परीक्षाका विद्यार्थीहरूलाई इन्टरभ्युमा प्रतिस्पर्धा मिल्नेछ र यदि नयाँ नोकरीको लागि प्रयासरत हुनुहुन्थ्यो भने सफलता मिल्नेछ। सप्ताहको मध्यमा ऋण लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। सप्ताहको अन्तमा विद्यार्थी वर्गहरूले शिक्षाको लागि यात्रा गर्नुपर्ला। व्यापारमा रुकेका कार्यहरू बन्नेछन्। दाम्पत्य जीवन होस् या प्रेम सम्बन्ध, आफ्नो कुरालाई नलुकाउनुहोस्। माँ भगवतीको आराधना गरेर दिन प्रारम्भ गर्दा उचित फल प्राप्त गरिनेछ । यो सप्ताहको लागि शुभ अंक ८ र ६ हो भने शुभ रंग बैजनी र पहेलो रहेको छ ।

कुम्भ राशि
सप्ताहको प्रारम्भ आर्थिक संकट लिएर आउने छ। घरपरिवारमा कलहको वातावरण हुनसक्छ। व्यापार वा नोकरी पेशामा आलस्य गर्दा ठूलो नोक्सानी हुने देखिन्छ । कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला। जीवनसाथीको कार्य क्षेत्र रहेको छ भने कार्यक्षेत्रमा पदउन्नतिको योग छ। सप्ताहको अन्तमा प्रेम सम्बन्धमा हुनुहुन्छ भने एकतर्फ कुरा सुनेर निर्णय नलिनुहोला त्यसले गर्दाखेरि प्रेम सम्बन्धमा संकट उत्पन्न हुने सम्भावना छ। हजुर गृहणी हुनुहुन्छ भने मन अलिकति अशान्त र चिन्तित रहनेछ, त्यसलाई कम गर्न भगवान गणेशलाई दुबो अर्पित गरौँ। यो सप्ताहको लागि शुभ अंक ४ र ७ हो भने शुभ रंग निलो र हरियो रहेको छ ।

मीन राशि
मीन राशि हुनेहरूको लागि सप्ताहको प्रारम्भ राम्रो रहनेछ। कार्यक्षेत्र वा व्यापारमा अधिनस्थहरूको सहयोग मिल्नेछ। सरकारी नोकरीमा मान सम्मानको योग छ सप्ताहको मध्य अलि सोचेजस्तो नरहला आफ्नो वाणीमा नियन्त्रण राख्नुपर्ने हुन्छ। माताको स्वास्थ्यमा ध्यान दिनुपर्ने छ। सप्ताहको अन्तिममा पूर्वका गरेका कामहरूबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्धमा अविश्वासको भावना बनिरहेको थियो भने त्यो झन् बढ्नेछ। बच्चाहरूलाई मौसमी बिमारीदेखि जोगाउनुहोस्। घरमा कामकाजी महिलाहरूलाई उपहार मिल्नेछ। मिडिया क्षेत्रमा काम गर्नेहरूलाई यो सप्ताह विशेष लाभदायी रहनेछ। राजनीतिक क्षेत्रमा भने धोका खाने योग छ। यो सप्ताहको लागि शुभ अंक ७ र ९ हो भने शुभ रंग केसरी र निलो रहेको छ । (अधिक जानकारीका लागि 977-9849559502)

– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.