• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • ७ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ७ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • ८ घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ९. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

बीवाईडी एट्टो ३ २०२४ मिडिया टेस्ट ड्राइभ : “बीवाईडी ड्राइभ टु डिस्कभर”

जानकारी केन्द्र २०८१, मंसिर, २

काठमाडौँ । नेपालको दिगो यातायाततर्फको यात्रामा एक महत्वपूर्ण कदम चाल्दै, बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साईमेक्स इन्कले हालै लन्च भएको बीवाईडी एट्टो ३ २०२४ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियो । “बीवाईडी ड्राइभ टु डिस्कभर” नाम दिइएको यो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवीको विशेष क्षमता अनुभव गराएको छ ।

काठमाडौँको नक्सालस्थित बीवाईडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइलप्रेमीहरूको उत्साही सहभागिता रहेको थियोे। सहभागीहरूले बीवाईडी एट्टो ३ २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाउनुका साथै काठमाडौँका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गरेका थिए ।

बीवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो, जसमा सहरका सडक, उकालो, र अफ–रोड बाटाहरू समावेश थिए। यात्रा बीवाईडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो। शहरको बाटो, उकालो, र दुर्गम भूभागको यो मिश्रणले मिडिया प्रतिनिधिहरूलाई बीवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचरहरू र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको बताइएको छ ।

बीवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ हो। यो एसयूवीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बीवाईडीको डिजाइन दर्शन अनुसार, एट्टो ३ २०२४ संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउनको लागि आरामदायी र स्टाइलिश इन्टेरियर प्रदान गरिएको छ। यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको कम्पनीले बताएको छ ।

“बीवाईडी एट्टो ३ २०२४ ले केवल बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ। बीवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,” साईमेक्स इन्कका नेशनल सेल्स हेड अशुतोष गौतमको भनाई रहेको थियो ।

कार्यक्रमले नेपालको ईभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्स इन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर गर्नुका साथै यो पहलको हिस्साको रूपमा, साईमेक्स इन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क संगै चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पु¥याउने एबं जसले ग्राहकहरूलाई भरपर्दो र सहज चार्जिङ विकल्पहरू उपलब्ध गराउने कम्पनीको दाबि रहेको छ ।

बीवाईडी एट्टो ३ २०२४ को सुरुवातसँगै, बीवाईडी र साईमेक्स इन्कले नेपालमा दिगो अटोमोबाइल क्षेत्रतर्फको परिवर्तनलाई अघि बढाइरहेका छन् । यी गाडीहरूले नेपालको हरित यातायात लक्ष्य पूरा गर्न र वातावरणप्रेमी ग्राहकहरूको बढ्दो अपेक्षा पूरा गर्न सहयोग पु¥याउनुका साथै “बीवाईडी ड्राइभ टु डिस्कभर” टेस्ट ड्राइभ कार्यक्रमले नेपाललाई सफा र नयाँ प्रविधिसहितको भविष्यको खोजी गर्न आमन्त्रण गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

ताजा

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.