• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • ८ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • ९ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • ९ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • १० घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • १२ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • १२ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • १३ घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ३. एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ८. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • १०. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण

जानकारी केन्द्र २०८१, मंसिर, १२

काठमाडौं। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा जनवरी २० सम्म कुर्नु पर्नेछ । वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्दछन् ।

यस प्रक्रिया अन्तर्गत नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छ र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ । यस प्रक्रियाका कारण डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह जनवरी २० मा मात्र हुने छ । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् ।

तथापि, बाइडेनसँग राजनीतिक रूपमा धेरै सीमित शक्ति र अधिकार हुनेछ । निर्वाचनपछि नयाँ राष्ट्रपतिले शपथ लिने दिनसम्मको अवधिलाई प्रेसिडेन्सियल ट्रान्जिसन भन्ने गरिन्छ ।

के हो प्रेसिडेन्सियल ट्रान्जिसन ?

राष्ट्रपित पदका उम्मेदवारले निर्वाचन जितेपछि शपथसम्मको समयलाई ट्रान्जिसन भनिन्छ । यो ट्रान्जिसनको तयारी निर्वाचित राष्ट्रपतिको गैर नाफामूलक ट्रान्जिसन टोलीले गर्छ । यो टोली निर्वाचन अभियानभन्दा फरक हुन्छ र यसको आफ्नै स्टाफ र बजेट हुन्छ । तर प्रशासनले वजेटको स्वीकृति भने दिनुपर्छ जुन भइसकेको छ ।

अमेरिकामा सबै राज्यले डिसेम्बर २४ सम्म आफ्नो राज्यको निर्वाचनको नतिजा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि जनवरी २० मा शपथग्रहण कार्यक्रम हुन्छ । जनवरी २० सम्म बाइडेन राष्ट्रपतिकै रुपमा कायम रहन्छन् ।

यस अवधिमा पुरानो प्रशासनले नयाँ आउने राष्ट्रपतिको टिमलाई विश्वभर भइरहेका गतिविधिहरु र अमेरिकी कामकारबाहीको विषयमा जानकारी दिने बताइन्छ । अमेरिकाको सीआईएसहितका सबै गुप्तचर संस्था र अन्य महत्वपूर्ण जानकारी पनि निर्वाचित राष्ट्रपतिलाई दिइने बताइएको छ ।

किन हुन्छ ट्रान्जिसन ? 

निर्वाचित राष्ट्रपतिले २० जनवरीमा शपथ लिएसँगै कुनै पनि काम नरोकिउन भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो । साथै बीचको अवधिमा पनि कुनै काम नरोकियोस् भन्नका लागि यो प्रक्रियाको व्यवस्था गरिएको हो ।

पार्टनर फर पब्लिक सर्भिसको सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसन अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार र उनको टोलीलाई नयाँ प्रशासन वा राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गर्न सहयोगका लागि जानकारी तथा संसाधन उपलब्ध गराउने एक निष्पक्ष माध्यम हो । यसले ट्रान्जिसन लागू गर्नमा सहयोग गर्छ ।

यो सेन्टरले निवर्तमान राष्ट्रपतिको दोस्रो कार्यकालको तयारीको लागि पनि सहयोग गर्छ भने नयाँले जितेको अवस्थामा निवर्तमान राष्ट्रपतिलाई पनि सजिलै सत्ता हस्तान्तरणको लागि जरुरी कदमको विषयमा सल्लाह दिन्छ ।

यसले सन् २०२४ प्रेसिडेन्सियल ट्रान्जिसन गाइड जारी गरेको छ । यसमा नयाँ नेतृत्वको लागि आवश्यक सबै चरणको विषयमा जानकारी दिइएको छ । यसमा उल्लेख गरिएअनुसार निर्वाचन भएको मितिभन्दा अघिदेखि नै ट्रान्जिसन बनाउने काम सुरु गर्नुपर्छ । त्यसका लागि संगठन तयार गर्ने, लक्ष्य तयार पार्ने र आफ्नो प्राथमिकता हासिल गर्न आवश्यक कदम चाल्नुपर्छ ।

यद्यपि अहिले ट्रम्पले निर्वाचनमा जित हात पारेर ट्रान्जिसन प्रक्रिया सुरु भए पनि अझै पनि राष्ट्रपति बाइडेनले आफ्नो फैसला लिन पाउँछन् र उनको फैसलामा ट्रम्पले हस्तक्षेप गर्न भने पाउँदैनन् ।

ट्रान्जिसनको प्रक्रियामा ह्वाइट हाउस र राष्ट्रपतिको कार्यालयको कर्मचारी नियुक्ति महत्वपूर्ण काम हो । त्यसका सँगै चार हजारभन्दा धेरै राष्ट्रपतीय नियुक्ति गरिन्छ । यसमध्ये १२ सयभन्दा धेरै नियुक्तिमा माथिल्लो संसद सिनेटको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यस पटक ट्रम्पको पार्टी रिपब्लिकनले बहुमत हासिल गरेको हुनाले यसमा सिनेटको सहज सहयोग हुने विश्वास गरिएको छ । साथै यो प्रक्रियामा निर्वाचन प्रचारको क्रममा गरिएको प्रतिबद्धताको आधारमा नयाँ प्रशासनले नीतिको प्रारुप तयार पर्ने गर्दछ ।

यसमा कार्यकारी आदेश, व्यवस्थापकीय एजेण्डा, बजेट प्रस्ताव र सम्भावित कानुनको योजना बनाउने जस्ता काम सामेल हुन्छन् ।

कहिले सुरु हुन्छ टान्जिसन ?

ट्रान्जिसनको औपचारिक सुरुवात निर्वाचनको नतिजा आएपछि हुन्छ । सन् १९६३ को प्रेसिडेन्सियल ट्रान्जिसन ऐन अनुसार जीएसएलाई राष्ट्रपतिको टोलीलाई कार्यालय र अन्य संसाधन सुम्पिने जिम्मेवारी दिइएको छ । सन् २०१० मा यो कानुनमा भएको संशोधनअनुसार प्रमुख पार्टीका उम्मेदवारलाई सरकारी सहायता पहिला नै सुरु गर्ने अनुमति दिइएको छ । यसमा उनीहरुलाई कार्यालय, कम्प्युटर र सेवाको प्रयोग मनोनयन दर्ता भएसँगै प्रयोग गर्ने अनुमति दिइएको थियो ।

यस वर्ष गत अगष्टमा मनोनयन दर्ता भएको थियो । यद्यपि ट्रान्जिसनको अवधिमा नयाँ निर्वाचित उम्मेदवारको टोलीले भने पदासीन राष्ट्रपतिको निर्णयमा कुनै किसिमको दखल पुर्‍याउन सक्दैन ।

ट्रान्जिसनमा यति धेरै समय किन लाग्छ ?

सामान्य हिसाबमा ट्रान्जिसनको लागि ११ साताको समय लाग्छ । यो नोभेम्बरको सुरुवातमा मतदानको दिनदेखि शपथ ग्रहणको मितिको बीचको अवधि हो । यद्यपि निर्वाचनको नतिजा आउनमा ढिलाइ भए ट्रान्जिसनको अवधि घटाउन सकिन्छ । यस वर्ष मतगणना सामान्य रुपमा नै सम्पन्न हुनेक्रममा रहेकाले यो प्रक्रिया नियमित रुपमा तोकिएको समयमै संचालन हुने भएको छ ।

ट्रान्जिसनको प्रक्रिया पूरा गर्ने पैसा सरकारी र निजी कोषबाट जुटाउने गरिन्छ । जीएसए प्रशासनसँग ट्रम्पको ट्रान्जिसन टोलीलाई ६० लाख डलर दिने कानुनी अधिकार छ । यो रकमका साथै ट्रम्पले पनि अनुदानबाट आफ्नो ट्रान्जिसनका लागि रकम जुटाउन पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.