नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि
काठमाडौँ । बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो । यस अवसरमा कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेकोथियो । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो। यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताए। यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन्
नामी ई१ : ने.रू.३०,२४,००० (ने.रू. २५,००० को वृद्धि)
नामी ई२ : ने.रू.३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि)
नामी ई३ : ने.रू. ३५,९९,००० (ने.रू. १,००,००० को वृद्धि)
डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ने.रू.५०,००० अतिरिक्त लागू हुनेछ।
नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो। सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू सहित नामीले ह्याचब्याकमा केके हुनु पर्छ भन्ने कुरालाई पुनस् परिभाषित गर्दछ एमएडब्लू-वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लू-वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी ( ईभीहरू ) सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्दछ।
सन् १९६४ मा स्थापना भएको एमएडब्लू ग्रुप, अटोमोबाइल, ईन्जिनियरिङ र लगानी सहित विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो। सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो। यी दुईको साझेदारी मार्फत्
स्थापित एमएडब्लू-वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ। उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको छ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति