Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

भिभो एस २० सेरिस चीनमा सार्वजनिक ,यस्ता छन् फिचर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २६
भिभो एस २० सेरिस चीनमा सार्वजनिक ,यस्ता छन् फिचर

काठमाडौं । भिभो एस सेरिस स्मार्ट फोन चीनमा सार्वजनिक भएको छ । भिभोले डिजाइन र अपर-मिडरेन्ज स्पेसिफिकेशनहरूमा फोकस गर्दै चीनमा आफ्नो एस २० सेरिस स्मार्टफोन सार्वजनिक गरेको छ। भिभोका दुई मोडेलहरू रहेका छन् : भिभो एस २० र भिभो एस २० प्रो ,दुवै  डिभाइसमा फिचर समान डिस्प्ले रहेको छ भने पफरमेन्स ,क्यामरा र ब्याट्री क्यापसिटी फरक-फरक  रहेको छ ।

भिभो एस २० र भिभो एस २० प्रो दुवै मोबाइलमा स्क्रिन ६.६७ इन्च रहेको छ भने फुल एचडी रेजोल्युसन र १२० हर्ज रिफ्रेस दर रहेको छ । भिभो एस २० मा फ्ल्याट डिस्प्ले छ भने भिभो एस २० प्रो ले प्रिमियम लुकको लागि कड क्रुभ्र्ड  डिजाइन फिचर रहेको छ । पिक ब्राइटनेस ४५०० निट्स पुग्न सक्छ। यो भिभो २० फोन पावररेट वाइ क्वालकम स्न्यापड्रागन ७ जेन ३ चिपसेट छ ,भिभो एस २० प्रो ले मिडिया टेक डिमेनसिटी ९३०० प्लस सोसाइडी प्रयोग गर्दछ। एस २० प्रो मा वाइफाइ ७ र ५.५ जी स्र्पोट गर्दछ ।

उक्त्त दुवै मोडेलमा अटोफोकस सहितको ५० एमपी फ्रन्ट क्यामेरा,पछाडि भिभो एस २० मा ५० एम्पी मेन क्यामरा ,८एमपी अल्ट्रावाइड लेन्स, र भिभोको ओरा सर्कुलर एलईडी लाइट रहेको छ। तुलनात्मक रुपमा एस २० प्रो मा ओआइएस ५० एम्पी मेन शूटर, ३ यक्स पेरिस्कोप जुम लेन्स, र ५०एम्पी अल्ट्रावाइड सेन्सर रहेको छ ।

भिभो एस २० मा ८० बाटको फास्ट चार्जिगं र ६५०० मेगाहर्जको ब्याट्री पाउन सकिन्छ भने भिभो एस २० प्रो मा ९० बाटको फास्ट चार्जिगं र ५५०० मेगाहर्जको ब्याट्री पाउन सकिन्छ । दुबै स्मार्टफोन एन्ड्रोइड १५ ओरजिनल मा चल्छन्। उक्त्त भिभो एस २० स्मार्टफोन फिनिक्स फेदर गोल्ड,जेड ड्यू ह्वाईट, पाइन स्मोक इन्क कलर मा उपलब्ध रहेको छ भने भिभो एस २० प्रो फिनिक्स फेदर गोल्ड, पर्पल एयर र पाइन स्मोक इन्क कलरमा उपलब्ध रहेको छ ।

 

 

 

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स