• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • ६ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • ७ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • ८ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ३. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ४. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ५. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ६. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

  • ७. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ८. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • ९. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • १०. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

आज जनकपुरमा बिबाह पञ्चमी मनाइदैँ, सुरक्षा ब्यवस्था कडा

जानकारी केन्द्र २०८१, मंसिर, २१

जनकपुर । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झानामा अाज जनकपुरधाममा बिबाह पञ्चमी मनाइदैँछ । भारतबाट हरेक पाँच वर्षमा आउने जन्तीहरु समेत जनकपुरधाम आई पुगेपछि मेला भर्न श्रद्धालुहरु समेत जनकपुरधाम आउने सुरू गरेका छन् । शुक्रबार भब्य बिबाह पञ्चमी समाराेह हुदैँछ ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरणको रूपमा सीतालाइ लिइन्छ ।सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ ।

राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो ।

त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो ।  यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

जनकपुरधाममा साताव्यापी विबाह पञ्चमी महोत्सव मनाउने गरिएको छ ।

सुरक्षा ब्यावस्था कडाः

विवाह पञ्चमीलाई लिएर यस पटक तिनवटै तहका सरकारले क्रियाशिलता देखाएका छन् । श्रद्धालुहरु आउने थालेपछि जनकपुरधामको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । जिल्ला प्रहरी धनुषाले जनकपुरधामा भिडभाड हुने स्थानहरुमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेशका अन्य जिल्लाबाट समेत प्रहरीहरु ल्याएर नगरभरि परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भवनेश्वर तिवारीले नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको विवाह पञ्चमी महोत्सवको दिनमा भिडभाड हुने स्थानमा आवश्यकता अनुसार सुरक्षा व्यवस्था परिचालिन गरिने जानकारी दिए । उनले २५ सयको संख्यामा विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मीहरु परिचालन गरिने छ ।

मेलामा भिडभाड हुने स्थानहरुमा प्रहरीले सुरक्षा गस्ती गर्ने र नगर क्षेत्रको विभिन्न चौक चौकहरुमा सुरक्षाकर्मी श्रद्धालुहरुको सुरक्षाको लागि बस्ने भएका छन । विशेष गरेर विवाह पञ्चमी र एक अगाडी दिने जनकपुरधाममा श्रद्धालुहरुको अत्याधिक भिड हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

ताजा

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.