चाँडाे १ हजार करोड कमाउने भारतीय फिल्म बन्दै पुष्पाः२
मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘पुष्पा २ः द रुल’ लाई लिएर भारतमा मात्रै नभई विश्वभरका फ्यानमा क्रेज देखिएको छ ।
यही कारणले गर्दा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्मले पाँच दिनमा ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । अब ‘पुष्पा २ः द रुल’ ले आफ्नो छैटौं दिनमा अर्को नयाँ र ठूलो सफलता हासिल गरेको छ, जुन अहिलेसम्म कुनै पनि भारतीय चलचित्रले पाउन सकेको थिएन ।
मिडिया रिपोर्टका अनुसार ‘पुष्पा २ः द रुल’ ले छैटौं दिनमा १ हजार करोड रुपैयाँबाट मात्र टाढा छ । अल्लु अर्जुनको फिल्मले छैटौं दिन करिब ५५ करोड कमाएको छ । तर, यो फिल्मको अनुमानित तथ्यांक मात्रै हो । जसमा परिवर्तनको सम्भावना छ । अहिलेसम्म हेर्ने हो भने ‘पुष्पा २ः द रुल’ ले अहिलेसम्म ९७७ करोड कमाइ सकेको छ ।
‘पुष्पा २ः द रुल’ ले रिलिजको पहिलो दिनदेखि नै तरङ्ग बनाउन थाल्यो र दोस्रो दिन देखि नै चलचित्रले बक्स अफिसमा हरेक दिन नयाँ कीर्तिमान बनाउन सुरू गरयो । भारतमा ‘पुष्पा २ः द रुल’ ले पहिलो दिन ७० देखि ८० करोड रुपैयाँ कलेक्सन गरेको थियो भने दोस्रो दिनदेखि लगातार बढ्दै गएको थियो ।
फिल्मको हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम संस्करण सबैमा राम्रो प्रदर्शन गरिरहेका छन्। फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरिरहेको छ, जसले फिल्मप्रति दर्शकको क्रेज देखाउँछ ।
चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएसँगै बक्स अफिसमा यसको प्रदर्शन उत्कृष्ट रहेको छ । विशेषगरी आगामी सप्ताहन्तमा यो फिल्मको कलेक्सन अझै बढ्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

