५० एम्पी क्यामरा भएको भिभो वाई १९ एस नेपालमा,कति पर्छ मुल्य ?
काठमाडौं । भिभोले भिभो वाई २८लाई आफ्नो बजेट अनुकूल वाई सिरिज लाईनअप विस्तार गदै नेपालमा सार्वजनिक गरेको छ ।
भिभो वाई १९ एस डिसेम्बर २०१९ मा सार्वजनिक गरिएको भिभो वाई १९को न्यु नयाँ भेरियन्ट रहेको छ । उक्त वाई १९ एसमा ९० हर्ज आइपिएस डिस्प्ले ,युनिसक टाइगर टी ६१२ चिपसेट रहनुका साथै ५० एम्पी मेन क्यामरा रहेको छ भने ५५०० मेगाहर्जको ब्याट्री पाउन सकिन्छ।
यस वाई १९ एस मोबाइलको ६.६८ इन्चको एचडी प्लस आइपीयस एलसिडी रहेको छ भने प्यानल वाई १८बाट थोरै अपग्रेड गरिएको छ,आईपीयस एलसिडी ७२० इन्टु १६०८ पिक्सेलको स्क्रिन रिजोल्युसन र ९० हर्ज रिफ्रेस दर रहेको छ ।

उक्त स्मार्टफोनमा ५० एम्पी मेन क्यामरा र ०.०८ एम्पी सहायक क्यामरा रहनुका साथै साइट माउन्ट फिंगरप्रिन्ट सेन्सर पनि समावेश गरिएको छ । यस भिभो वाई १९ एस पियर सिल्भर,ग्लोसी ब्लाक र ग्लेशियर ब्लु कलरमा उपलब्ध रहेको छ ।
उक्त भिभो वाई एस फोनमा लि-आयन ब्यााट्री रहनुका साथै १५ वाटको चार्जिङ पाउन सकिन्छ । वाई १९ एसमा दुईटा सिम प्रयोग गर्न सकिन्छ, भिभो वाई १९एस फोनको मुल्य नेपाली बजारमा ४/१२८ जीवि र्याम भएको फोनको मुल्य १६ हजार ९सय ९९ रहेको छ भने ६/१२८ जीवि र्याम भएको फोनको मुल्य १८ हजार ४ सय ९९ रहेको छ ।

सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
