‘डिर्भोस र मनमुटाव’को हल्ला चिर्दै सँगै देखिए अभिषेक-ऐश्वर्या
मुम्बई । हालै सामाजिक सञ्जालमा ऐश्वर्या राई र अभिषेक बच्चनका धेरै भिडियोहरु आएका छन् । यो जोडीको पछिल्लो भिडियोहरु सार्वजनिक हुने बित्तिकै उनीहरु भाइरल भएका छन । यी भिडियोहरू दम्पतीकी छोरी आराध्याको वार्षिक समारोहका थिए, जसमा बच्चन परिवार सहभागी भएको थियो।
यस क्रममा ऐश्वर्या र अभिषेक मात्रै नभई आफ्नी नातिनीको वार्षिक समारोहमा अमिताभ बच्चन पनि सँगै देखिएका थिए । यसैबीच, आज आराध्याको स्कुल फंक्शनको दोस्रो दिन थियो र यसै क्रममा बच्चन बुहारी र छोरा फेरि एकसाथ देखिए ।
वास्तवमा ऐश्वर्या राय र अभिषेक बच्चनबीच केही पनि राम्रो नभएको र सम्बन्धविच्छेद गरेर यो जोडी अलग हुने हल्ला लामो समयदेखि चलिरहेको थियो । यस्तो हल्ला पहिलो पटक बाहिर नआए पनि लामो समयदेखि यस्तै कुराहरु भइरहेका थिए । जोडीको भिडियो सार्वजनिक हुने बित्तिकै सबैले झुटो अफवाहको जवाफ पाएका छन ।
सामाजिक सञ्जालमा ऐश्वर्या राई र अभिषेक बच्चनको नयाँ भिडियो सार्वजनिक भए पछि उनीहरुका फयानहरु पनि खुसी भएका छन । ती भिडियोहरुमा ऐश्वर्याकी आमा अर्थात् आराध्याकी हजुरआमा पनि नातिनीको वार्षिक समारोहमा सहभागी भएकी छन् । यस क्रममा ऐश्वर्या आफ्नी आमासँग देखिएकी थिइन् । भिडियोमा अभिषेक बच्चन पनि देखिएका छन् ।
समय समयमा ऐश्वर्या राई र अभिषेक बच्चनको बिछोडको चर्चा सुन्ने गर्दथ्यौ तर अब यी भिडियोहरु आएपछि सबैले आफ्नो जवाफ पाएका छन् र अब सबैलाई थाहा भएको छ कि यो जोडीको सबै कुरा ठिक छ । सबन्ध बिच्छेद र मनमुटावका हल्ला हल्ला मात्रै हुन ।

सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

