पत्निलाइ ७० भन्दा बढीबाट बलात्कार गराउने फ्रान्सेलीलाई पठाइयो २० बर्ष जेल
काठमाडौं । तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए ।
अहिले यी व्यक्तिले आफनो अपराध प्रति पछुतो मान्दैअदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका थिएँ र आफ्नो गल्तीको लागि परिवारसँग रूदैँ रूदैँ माफी मागिरहेका थिए । तर, अहिले अदालतले डोमिनिक पेलिकोटलाई सजाय र्दिएको छ । अब उनी २० वर्षको आजीवन कारावासको सजाय भोग्नु पर्ने भएको छ ।
डोमिनिक पेलिकोटले आफ्नी पूर्व पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुषले उनलाई बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्विकार पनि गरेका छन् र माफी पनि मागेका थिए तर अदालतले उनलाई माफि दिएन ।
गत सोमबार डोमिनिकले आफ्नो परिवारलाई उहाँलाई माफ गर्न आग्रह गरेका थिए र परीक्षणको क्रममा आफ्नी पूर्व पत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका थिए।
तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन । गिसेल अहिले ७२ वर्षकी भइन् ।
पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउथे। नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् ।
उनले भनेका थिइन, ‘श्रीमानले घटना घटनु भन्दा पहिला मलाइ पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरै पछि मलाइ थाहा भयो ।’
अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनी माथी भएको दुर्ब्याबहारका बारेमा धेरै प्रमाणहरू भेटिएका छन । धेरै फ्रान्सेलीले उनलाइ माफी होइन, आजिवन काराबासमा लैजानु पर्ने भन्दै जोड गरिरहेका थिए । तर, अहिले फैसाला भएको छ ।
दोषी ठहरिएका ७२ वर्षीय डोमिनिक पेलिकोटले २० वर्ष जेल सजाय भोग्नुपर्नेछ । दोषीले आफूले कसैलाई पनि भ्रममा नराखेको स्वीकार गरेका छन् । जससँग सम्झौता भएको थियो उसलाई थाहा थियो के भइरहेको थियो। मुद्दाको सुनुवाइका क्रममा आरोपीले आफूलाई पटकपटक बलात्कार गरेको स्वीकार गरेका थिए ।
महिलालाई बलात्कार गर्नेहरु फ्रान्सका विभिन्न क्षेत्रका थिए । तिनीहरूमा सिपाही, चालक, सुरक्षा गार्ड, फायर फाइटर, पत्रकारहरू थिए। त्यहाँ केही मानिसहरू थिए जसको उमेर २२ वर्ष देखी धेरै अभियुक्तहरू ७० वर्षका थिए।
आफ्नालाई पनि बलात्कार गर्नेहरू धेरै थिए। यो कुरा सन् २०२० मा बाहिर आएको थियो । दोषी डोमिनिक एक बजारमा महिलाको आपत्तिजनक भिडियो बनाउँदै गर्दा पक्राउ परेका थिए ।
अदालतको फैसलापछि दक्षिणी फ्रान्सेली सहर एभिग्नोनमा धेरै मानिस भेला भएका थिए । पीडितको पक्षमा अदालतको फैसलाको धेरैले प्रशंसा गरेका छन् । सो निर्णयप्रति सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देखिएका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

