रामचरणको फिल्मको एउटा गीतको सुटिङमा ७५ करोड खर्च
मुम्बई । पछिल्लो समय मेगा बजेट फिल्मको चलन बढेको छ । दृश्य, भिजुअल, गीत र एक्शनलाई प्रभावकारी बनाउन निर्माताहरूले बढी पैसा खर्च गरिरहेका छन् । तर धेरै पटक यो निर्माताका लागि सो लगानी सही साबित हुन सकेका छैनन र फिल्म नराम्रोसँग फ्लप भएका छन् ।
त्यस्ता फिल्म फ्लप हुँदा समीक्षक र विश्लेषकहरूले निर्मातालाई कथामा ध्यान दिन सुझाव दिएका छन् । त्यस्तै मेगा बजेटको एउटा फिल्म अर्को महिना रिलिज हुँदैछ । यो फिल्मका गीतमा मात्रै निर्माताले ७५ करोड रुपैयाँ खर्च गरेका छन् । हो, हामी साउथ मुभीका अभिनेता रामचरणको आगामी फिल्म ‘गेम चेन्जर’ को बारेमा कुरा गर्दैछौं।
यो फिल्मको कुल बजेट करिब २५० करोड भारु रहेको जनाइएको छ । फिल्ममा रामचरणको अपोजिटमा कियारा आडवाणी छिन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार हालै फिल्मको प्रि रिलिज कार्यक्रम अमेरिकाको डलासमा आयोजना गरिएको थियो । यसको गीतमा निर्माताले ७५ करोड रुपैयाँ खर्च गरेका त्यहीवाट खुलेकाे हाे ।
‘गेम चेन्जर’का यी गीतका लागि विलासी र ठूला सेट जडान गरिएको थियो । फिल्म रिलिज हुन १२ दिन बाँकी छ, यो जनवरी १०, २०२५ मा मकर संक्रान्तिको अवसरमा विश्वभरका धेरै भाषाहरूमा रिलिज हुनेछ। फिल्मका हालसम्म ४ वटा गीत रिलिज भइसकेका छन् । यद्यपि ट्रेलर र पाँचौं गीत आउन बाँकी छ । पाँचौं गीतलाई दर्शकले सिनेमाघरमा मात्रै हेरोस् भन्ने निर्माताको चाहना रहेको जनाइएको छ ।
‘गेम चेन्जर’ को ‘जरगण्डी’ गीत ७० फिट अग्लो पहाडी गाउँको सेटमा खिचिएको हो । यसको सुटिङ गर्न १३ दिनभन्दा बढी समय लागेको थियो । यसमा ६ सय नर्तक छन्, जसले ८ दिनमा सुटिङ पुरा गरेका थिए । जसको कोरियोग्राफी प्रभु देवाले गरेका हुन् । जम्पनरा जुटबाट बनेको यस गीतमा इकोफ्रेण्डली लुगा प्रयोग गरिएको थियो ।
उता, ‘रा माचा माचा’ गीतमा १ हजारभन्दा बढी नर्तक राखिएको छ । ‘रा माचा माचा’ गीतको छायांकन देशका विभिन्न स्थानमा गरिएको छ । यसले भारतीय लोक नृत्य र लोक कलाको झलक देखाउँछ। जसमा रामचरणसँग १ हजारभन्दा बढी नर्तकले प्रस्तुति दिएका छन् । योसँगै ‘नाना हयाना’ पहिलो भारतीय फिल्म गीत बनेको छ, जसलाई ‘इन्फ्रारेड क्यामेरा’बाट खिचिएको छ । यो गीतलाई रामचरण र कियारा आडवाणीले न्युजिल्यान्डको सुन्दर लोकेशनमा खिचेका हुन् । यो गीत छायांकन गर्न ६ दिन लागेको थियो ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

