Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

लन्डनमा एकसाथ गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन, कार्यक्रमको तयारी अन्तिम चरणमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १७
लन्डनमा एकसाथ गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन, कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले आउँदो चार जनवरीमा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतीको तयारी अन्तिम चरणमा पुगेको छ।

कार्यक्रका लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै छन्। कन्दराले आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका भब्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ।

आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरुमाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन्।

कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृंगारले, बाचा भयो, जे छौ तिमी लगायतका गीत प्रस्तुत गर्नेछन्। पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रूमाल जस्ता गीत प्रस्तुत हुनेछन्। कन्दराले आत्मसात गरेको लोक पप धुन आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन्।

आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ। जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ। कन्दराले हालसालै काठमाडौंमा ऐतिहासिक कन्सर्ट गरेको थियो।

Top Changing Nepal

युट्युब सट्स