कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज
मुम्बइ । भारतमा २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म संकटकाल लगाइएको थियो। जसलाई भारतको इतिहासको कालो अध्यायको रूपमा हेरिदै आएको छ । यो त्यो समय थियो, जब लोकतन्त्र निलम्बन गरिएको थियो, मौलिक अधिकारहरू कुण्ठित भएको थियो र राष्ट्रले अभूतपूर्व संवैधानिक संकटको सामना गर्नु परेको थियो ।
तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संविधानको धारा ३५२ अन्तर्गत राष्ट्रिय संकटकाल लगाएकी थिइन् । अहिले संकटकाल घोषणा भएको ५० वर्ष पूरा भएको छ । यो भारतीय इतिहासको सबैभन्दा विवादास्पद अध्याय मध्य एक मानिन्छ ।
सोही घटनामा आधारित भएर भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री कंगना रनौतको मुख्य भुमिका रहेको फिल्म ‘इमर्जेन्सी’ सो घटना भएको ५० वर्ष पूरा भएको अवसरमा रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले सो फिल्म १७ जनवरी २०२५ मा रिलिज हुने जनाएको छ, यो फिल्मले संकटकालको कथा बताउँछ । फिल्ममा देशको आन्तरिक अवस्था त्यो बेला कसरी बिग्रँदै गएको थियो, त्यसलाइ देखाइएको छ ।
यो स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा विवादास्पद र अलोकतान्त्रिक अवधि थियो। आपतकालिन समयमा, चुनाव स्थगित गरियो र नागरिक अधिकार समाप्त गरियो र मनमानी कारबाही गरियो। जयप्रकाश नारायणले यसलाई भारतीय इतिहासको सबैभन्दा कालो अवधि भनेका थिए।
फिल्ममा अनुपम खेर जयप्रकाश नारायणको भूमिकामा, श्रेयस तलपदे अटल बिहारी बाजपेयीको भूमिकामा र मिलिन्द सोमन फिल्ड मार्शल साम मानेकशको भूमिकामा देखिनेछन् । चलचित्रमा संगीत सञ्चित बलहारा र जी।भी। प्रकाश कुमारले दिएका छन् । पटकथा रितेश शाहले लेखेका हुन् ।
यो फिल्म रिलिज भए पछि कांग्रेस आइलाइ थप क्षति पुरयाउने अडकलबाजी गरिएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

