मंगलबार बिहान आएको भूकम्पबाट नेपालमा २२ लाख बराबरको क्षति
जानकारी केन्द्र
२०८१, पुष, २४
काठमाडौँ । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा पनि क्षति भएको विवरण आउनेक्रम जारी रहेको छ ।
नेपाल प्रहरीका अनुसार भूकम्पमा प्रभावित भएका ११ को उद्धार गरिएको र काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका छन् ।यस्तै अहिलेसम्म भूकम्पबात एक घर पूर्ण रुपमा क्षति भएको छ भने १७ घर आंशिक क्षति भएको छ । त्यस्तै एक विद्यालय, २ प्रहरी कार्यालय, रामेछापमा एउटा गोठ तथा २ सरकारी कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । यस भूकम्पबाट अहिलेसम्म २२ लाख २५ हजार बराबरीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
यस भूकम्पबाट चीनमा भने अहिलेसम्म १३५ जनाको मृत्यु भएको छ भने १८८ भन्दा बढी घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
