Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

मंगलबार बिहान आएको भूकम्पबाट नेपालमा २२ लाख बराबरको क्षति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २४
मंगलबार बिहान आएको भूकम्पबाट नेपालमा २२ लाख बराबरको क्षति

काठमाडौँ । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा पनि क्षति भएको विवरण आउनेक्रम जारी रहेको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पमा प्रभावित भएका ११ को उद्धार गरिएको र काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका छन् ।यस्तै अहिलेसम्म भूकम्पबात एक घर पूर्ण रुपमा क्षति भएको छ भने १७ घर आंशिक क्षति भएको छ । त्यस्तै एक विद्यालय, २ प्रहरी कार्यालय, रामेछापमा एउटा गोठ तथा २ सरकारी कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । यस भूकम्पबाट अहिलेसम्म २२ लाख २५ हजार बराबरीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यस भूकम्पबाट चीनमा भने अहिलेसम्म १३५ जनाको मृत्यु भएको छ भने १८८ भन्दा बढी घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स