नेपालमा सर्भिस सेन्टर सञ्चालनमा अग्रणी इलेक्ट्रिक स्कुटर ब्राण्डः लुयान
काठमाडौँ । नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग दिनप्रतिदिन बढिरहेको छ । यस प्रतिस्पर्धात्मक बजारमा लुयान नेपालले आफूलाई सर्भिस सेन्टर सुविधाको क्षेत्रमा सबैभन्दा अग्रस्थानमा राख्न सफल भएको बताइएको छ । बिक्री मात्र होइन, बिक्रीपछिको उत्कृष्ट सेवामा केन्द्रित रहेर लुयान नेपालले आफ्ना ग्राहकहरूलाई दीर्घकालीन सुविधा प्रदान गर्दै आएको जनाइएको छ ।
काठमाडौं उपत्यकामा मात्र १४ सर्भिस सेन्टरहालसम्म लुयान नेपालले काठमाडौं उपत्यकामा मात्र १४ स्थानमा सर्भिस सेन्टर सँचालन गरेको बताइएको छ । यी सर्भिस सेन्टरहरूले ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् । उपत्यकाका विभिन्न क्षेत्रहरू, जस्तै बाफल, बनस्थली, सामाखुसी, टोखारोड, महाराजगञ्ज, कालोपुल, अनामनगर, जडिबुटी, सल्लाघारी, सुर्यविनायक, दुधपाटी, सातदोबाटो, ग्वार्को, रामकोट लगायतका स्थानहरूमा यी सर्भिस सेन्टरहरू सजिलै उपलब्ध रहेको जनाइएको छ ।
लुयान नेपालले का प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले भने , “हामी ग्राहकहरूको पहुँच सजिलो बनाउन सर्भिस सेन्टरहरूको विस्तार गर्दै आएका छौँ । यो क्रम अझै जारी रहनेछ । हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सहज, छिटो, र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो ।”
अन्य कम्पनीहरूले यस्तो सुविधा किन दिँदैनन् ?
लुयान नेपाल ले सर्भिस सेन्टरहरूको सञ्जालमा दिएको प्राथमिकताले यस क्षेत्रमा अन्य इलेक्ट्रिक स्कूटर कम्पनीहरूलाई पछि पारेको बताइएको छ । नेपालमा विद्युतीय सवारीसाधन बेच्ने धेरै कम्पनीहरू बिक्रीपछिको सेवामा पर्याप्त ध्यान दिन सकेका छैनन् भने धेरैजसो कम्पनीहरूले सीमित क्षेत्रमै सर्भिस सेन्टरहरू सञ्चालन गरेका छन्, जसले गर्दा ग्राहकले सानातिना मर्मतका लागि समेत झन्झट बेहोर्नु परेको कम्पनिले बताएको छ । धेरै ब्रान्डहरूले आफ्नो ध्यान बिक्रीमा मात्र केन्द्रित गरेको साथै बिक्रीपछिको सेवाको महत्वलाई उपेक्षा गरिएकोले ग्राहकहरूको दीर्घकालीन सन्तुष्टिमा नकारात्मक प्रभाव पारेको हुन्छ ।
ग्राहक सन्तुष्टिमा लुयान नेपालको दृष्टिकोण
लुयान नेपालले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिएर ग्राहकहरूको विश्वास जित्दै आएको कम्पनिको दाबि रहेको छ । काठमाडौं उपत्यकामा १४ सर्भिस सेन्टरका साथै, अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरूको संख्या बढाउँदै जाने योजना रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले बताए ।
दक्ष र तालिमप्राप्त प्राविधिकहरूसहितको सर्भिस सेन्टरहरूले ग्राहकहरूको स्कूटर मर्मत, ब्याट्री परीक्षण, र अन्य समस्या समाधान गर्न सहजता र्पुयाइरहेको कम्पनिले बताएको छ । लुयान नेपालको भविष्यकका योजनाहरू लुयान नेपालले अर्को बर्षसम्म नेपालमा नै एसेम्बल गर्ने गरी सारथी इकुटर ब्राण्डको इलेक्ट्रिक स्कुटर लञ्च गर्ने योजना बनाएको बताएको छ । हाल इकुटरको ई३ मोडेलको स्कुटर पनि लुयान नेपालले नै नेपाली बजारमा उतारेको जनाइएको छ ।
त्यसका लागि पनि लुयान नेपालले निकट भविष्यमा देशका अन्य शहर तथा क्षेत्रहरूमा समेत सर्भिस सेन्टरहरूको पहुँच विस्तार गर्ने योजना बनाएको बताएको छ । कम्पनीको दीर्घकालीन रणनीतिले ग्राहकहरूको विश्वास जित्नुका साथै, नेपालमा विद्युतीय सवारीसाधनहरूको लोकप्रियता बढाउन ठूलो योगदान र्पुयाइरहेको कम्पनिले बताइएको छ ।

सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

