जब चोर्न आएका चोरले मालिक्नीलाइ ‘किस’ गरेर भागे, महिला पुगिन प्रहरीकाेमा
मुम्बई । भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाएर प्रहरी समेत छक्क परेको छ । पीडित महिलाले प्रहरीमा उजुरी दिए पछि यो बिषय बाहिर आएको हो । खासमा उनको फ्ल्याटमा एक व्यक्ति चोरी गर्न आएका थिए तर ती चोरले जे हर्कत गरे, त्यो लज्जाको बिषय थियो । त्यसपछि महिलाले प्रहरीमा उजुरी गरेकी हुन् ।
चोरले उनीसँग नगद, गरगहना, महंगा सामान मागेको थियो, जब उनले चोरलाइ रंगेहात फेला पारेकी थिइन् तर उनीसँग यीमध्ये कुनै पनि चीजहरू त्यतिबेला थिएन । त्यस पछि चोरले उनले उनलाई चुम्बन गरेर भागेका थिए । प्रहरीले महिलाको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरी कारबाहीसमेत गरिसकेको छ । आरोपित चोर माथीलुटपाट र जबरजस्ती करणी प्रयासको आरोप लगाइएको थियो । यो विषय जनतामा चर्चाको विषय बनेको छ ।
मिडिया रिपोर्टका अनुसार घटना ३ जनवरीको हो । पीडित महिला मलाडको कुरार क्षेत्रमा बस्छिन् । प्रहरीमा दिएको उजुरीमा पीडित महिलाले आफू घरमा एक्लै भएको बेला ती घर भित्र पसेको र भित्रबाट ढोका बन्द गरेर नगद, गरगहना र महंगा समान मागेको थियो । चक्कु देखाउँदै समान मागे पछि उनी डराएकी थिइन् । अहिले आँफुसँग केही नभएको भन्दै युवकलाई सोधिन्, ‘ती समान मसँग छैनन, भन अब तिमीलाइ के दिउ ?’
ती व्यक्तिले घरमा भएका नगद, गहना, क्रेडिट वा डेबिट कार्डहरू चुपचाप सुम्पिदिनु नत्र नराम्रो हुन्छ भनेर धम्की दिइरहेका थिए । तर, ती महिलाले पुरुषलाई भनिन् कि चोरले मागेका कुनै पनि समान यतिखेर यहाँ छैन । उनले सो तर्क गरिरहिन तर ती पुरुष चोर अचानक नजिक आए र उनलाई चुम्बन गर्न थाले। त्यसबेला ती महिलाले आफूलाई चोरबाट छुटाउन धेरै प्रयास गरिन् तर उनी उनको चंगुलबाट उम्कन सकिनन्। ती चोरले उनलाई लामो समयसम्म चुम्बन गरिरहे, अश्लील कार्यसमेत गरेर झ्यालबाट हाम फालेर भागेका थिए ।
आफूलाई नियन्त्रणमा लिएर चोरले हिंसा गरेको श्रीमानलाई फोन गरेको ती महिलाले बताइन् । त्यसपछि ती पीडित महिला श्रीमानसहित उजुरी लिएर स्थानिय प्रहरी चौकी पुगिन् । प्रहरीले उनको उजुरी लियो र चोरबिरूद्द भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत मुद्दासमेत दर्ता गरियो ।
उजुरीका आधारमा प्रहरीले चोरलाइ समातेको पनि थियो । ती चोर गत डिसेम्बर ३ तारिखको साँझ पक्राउ गरेको हो । सोधपुछमा आरोपीले आफू मलाड क्षेत्रको बासिन्दा भएको बताए । अहिले उनी बेरोजगार भएर परिवारसँग बस्दै आएका खुलेको थियो । त्यो चोरको कुनै पनि आपराधिक रेकर्ड प्रहरीले फेला पारेन । त्यसैले प्रहरीले सूचना दिएर अहिले ती चोरलाइ रिहा गरिदिएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
