यो नक्षत्रमा जन्मिएका व्यक्तिहरू बन्छन् ठूला अधिकारी, राजा सरह विताउँछन् जीवन !
एजेन्सी । पुष्य नक्षत्रमा जन्मिएका व्यक्तिहरू जीवनमा ठूलो सफलता हासिल गर्न सक्षम हुन्छन्, तर यसमा उनीहरूको कडा मेहनत र लगनशीलता महत्वपूर्ण हुन्छ । बाल्यकालमै संघर्षको सामना गरेका कारण यी व्यक्तिहरू कम उमेरमै दुनियादारी र जीवनका उद्देश्यहरूलाई गहिरो रूपमा बुझ्छन् ।
यो नक्षत्र कर्कट राशिसँग सम्बन्धित छ, किनभने यसको चारै चरण कर्कट राशिमा पर्ने गर्दछ । कर्कट राशिको स्वामी चन्द्रमा भएकाले यी व्यक्तिहरूको मन चञ्चल र परिवर्तनशील हुन्छ । घुमफिर गर्न, नयाँ ठाउँहरूमा जान र अनुभव बटुल्न यी व्यक्तिहरूलाई अत्यन्तै रुचि हुन्छ । विपरीत लिङ्ग प्रति विशेष आकर्षण हुने भएकाले सामाजिक सम्बन्धहरूमा पनि यी व्यक्तिहरू सफल हुन्छन् ।
वैवाहिक जीवन प्रायः सुखद हुन्छ । यी व्यक्तिहरू आफ्ना जीवन साथीलाई आदर र सम्मान दिन जान्दछन् । आर्थिक मामिलामा भने यिनीहरू निकै सावधान हुन्छन् । धन खर्च गर्नुअघि धेरै सोच विचार गर्छन्, तर कसैले सहयोगको आशा राख्दै उनीहरू समक्ष आउँदा व्यक्तिगत लाभको परवाह नगरी सहयोग गर्न अग्रसर हुन्छन् ।
सामाजिक कार्य प्रति विशेष रुचि राख्ने यी व्यक्तिहरू कमजोर र आवश्यकतामा परेका व्यक्तिहरूलाई सधैं सहयोग गर्न अघि बढ्छन् । सत्य र न्याय प्रति उनीहरूको झुकाव विशेष रहेको हुन्छ । यिनीहरूलाई एउटै स्थान वा स्थितिमा लामो समय बस्न मन पर्दैन । जीवनको तेस्रो भाग भने प्रायः सुखमय र सन्तोषजनक हुन्छ ।
पुष्य नक्षत्रमा जन्मेका महिलाहरूको विशेषता
यस नक्षत्रमा जन्मिएका महिलाहरू शर्मिला, शिष्ट र मधुर आवाजमा बोल्ने खालका हुन्छन् । वैवाहिक जीवनमा यदाकदा पतिसँग शंका सम्बन्धी समस्या आउने सम्भावना हुन्छ, तर उनीहरूको आदरभाव र धैर्यताले यी समस्याहरूलाई समाधान गर्न सघाउँछ ।
उपयुक्त पेशा
पुष्य नक्षत्रमा जन्मेका व्यक्तिहरू जीवनमा ठूलो मान सम्मान प्राप्त गर्ने सम्भावना हुन्छ । यी व्यक्तिहरू लेखक, कवि, दार्शनिक, साहित्यकार, उच्च पदका अधिकारी, प्राविधिक विज्ञ वा नेतृत्वदायी भूमिकामा सफल हुन सक्छन् ।
स्वास्थ्य
यी व्यक्तिहरूले आफ्नो जीवनमा आलस्यलाई त्यागेर उत्साहपूर्वक जीवन बिताउनु पर्ने हुन्छ । महिलाहरूलाई भने २० वर्षको उमेरसम्म स्वास्थ्य सम्बन्धी केही समस्या देखिन सक्छ । सामान्यतः यी व्यक्तिहरूलाई छाला सम्बन्धी साना समस्या बारम्बार हुने गर्दछ ।
पुष्य नक्षत्रमा जन्मेका व्यक्तिहरूको जीवनमा संघर्ष र मेहनतको मुख्य भूमिका रहन्छ । उनीहरूको लगनशीलताले जीवनलाई सफल र सन्तोषजनक बनाउँछ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

