वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरा’छ ‘गुलाबी रंग’
काठमाडौं। पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोले ठूलो क्षति पु¥याएको छ । यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्याएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ । हालसम्म ११.६० लाख करोड डलर देखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।
आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौबीसै घण्टा खटिरहेका छन् । फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ । यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसेको गुलाबी रंगको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ ।
आउनुहोस् जानौं यो गुलाबी चिज के हो र यो आगो नियन्त्रणमा कति प्रभावकारी साबित हुन्छ ?
अमेरिकी अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागी नियन्त्रण गर्न गुलाबी रंगको आगो निरोधक प्रयोग गरिरहेका छन्। यो तरल पदार्थलाई ‘फोस चेक’ भनिन्छ। यो अमोनियम फास्फेटबाट बनेको हुन्छ । जुन लामो समयसम्म प्रभावकारी रहन्छ र छिटो वाष्पीकरण पनि हुँदैन्, जो आगो निभाउन सजिलो हुन्छ ।
फोस चेकमा गुलाबी रंग विशेष रूपमा थपिएको छ ताकि अग्नि नियन्त्रकहरूले यसलाई सजिलै देख्न सकून् र आगो रोक्न सही ठाउँमा प्रयोग गर्न सकून्। यो आगलागी बढिरहेको बाटोमा छर्किन्छ, यसले बिरुवाहरूमा तह बनाउँछ। यो तहले अक्सिजनको आपूर्तिलाई अवरुद्ध गरेर आगोको फैलावटलाई कम गर्छ, जसले गर्दा जीवन र सम्पत्तिको सुरक्षा हुन्छ।
तर, यो रसायनको प्रयोग प्रति वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । सन २०२४ मा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले फोस चेकमा क्रोमियम र क्याडमियम जस्ता विषाक्त धातुहरू रहेको पत्ता लगाएको थियो। यी धातुहरूले क्यान्सर, मिर्गौला र कलेजो सम्बन्धित रोगहरू निम्त्याउन सक्ने देखिएको छ । जब यी रसायनहरू पानीको स्रोतमा पुग्छन्, तिनीहरू जलीय जीवहरूको लागि घातक साबित हुने पत्ता लागेको थियो ।
यसका साथै फोस चेक कति प्रभावकारी हुन्छ भन्नेमा पनि प्रश्न उठेका छन् । यसलाई अन्य फायर फाइटिंग रणनीतिहरूसँग संयोजनमा प्रयोग गरिन्छ, यसले एक्लै कति प्रभावकारी छ भनेर जान्न गाह्रो बनाउँछ। यसको प्रभावकारिता वातावरणीय अवस्था जस्तै ढलान, इन्धनको प्रकार, भू–भाग र मौसममा निर्भर गर्दछ। जलवायु परिवर्तनका कारण यी अवस्थाहरू जटिल बन्दै गएका छन्, यसले यसको प्रभावकारितामा थप प्रश्नहरू खडा गरेको छ।
विश्वको तापक्रम बढ्दै गएपछि वन डढेलोको संख्या र तीव्रता पनि बढिरहेको छ । यसै कारणले हावाबाट निस्कने आगो निरोधकको प्रयोग पनि बढेको छ । सन २००९–२०२१ को बीचमा ४४० मिलियन ग्यालन भन्दा बढी संयुक्त राज्य अमेरिकाले सार्वजनिक, राज्य र निजी भूमिमा प्रयोग गरेको थियो। जसका कारण ठूलो परिमाणमा विषाक्त धातु वातावरणमा निस्किएको छ ।
गुलाबी फेस चेक रिटार्डेंट अग्निनियन्त्रणमा एक महत्वपूर्ण उपकरण हो तर यो यसको वातावरणीय प्रभाव र यसको प्रभावकारिता विचार गर्न महत्त्वपूर्ण रहेको छ। यसबाट भविष्यमा अझ सुरक्षित र प्रभावकारी आगो निभाउने विधिहरू विकास गर्न सकिन्छ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
