दक्षिण अफ्रिकाको बन्द सुन खानीबाट ६० शव निकालियो, ९२ जनाको जीवितै उद्धार
काठमाडौँ । दक्षिण अफ्रिकाको बन्द सुन खानीमा अवैध रूपमा काम गरिरहेका खानी कामदारहरूको उद्धार कार्य जारी छ। उद्धार टोलीहरूले दर्जनौं शव र बाँचेकाहरूलाई बाहिर निकालेका छन्। मिडिया रिपोर्टका अनुसार, सयौं मानिसहरू अझै भूमिगत सुरुङमा फसेको अनुमान गरिएको छ। तीमध्ये धेरैको मृत्यु भइसकेको हुन सक्छ, र बाँचेकाहरू यति कमजोर अवस्थामा छन् कि आफैं बाहिर निस्कन सक्दैनन्।
प्रहरीका अनुसार सोमबारदेखि खानीबाट ६० शव र ९२ जना जीवित उद्धार गरिएका छन्। यद्यपि, खानीभित्र कति मानिस छन् भन्ने अझै यकिन भएको छैन। यसअघि, खानी कामदारहरूको प्रतिनिधित्व गर्ने युनाइटेड इन एक्सन ग्रुपले उद्धार अभियान सुरु गरेको थियो। सो अभियानका क्रममा नौ शव फेला परेको थियो।
नोभेम्बरमा अधिकारीहरूले खानी कामदारहरूको लागि सतहबाट खाना र पानी आपूर्ति बन्द गरेपछि प्रहरी, खानी कामदार र स्थानीय समुदायबीच तनाव बढेको थियो। सुरुङबाट हालसम्म ६० जनाको शव निकालिएको छ।
युनाइटेड इन एक्सन समूहका प्रवक्ता साबेलो मङ्गुनीले उत्तर पश्चिमी प्रान्तको खानीमा कम्तिमा १०० जनाको मृत्यु भोक र तिर्खाका कारण भएको आशंका व्यक्त गरेका थिए। प्रहरीले नोभेम्बरमा उद्धार कार्य सुरु गरेको थियो।
प्रहरी प्रवक्ता ब्रिगेडियर सेवाता मोक्गवाबोनले कति शव र कति जीवित उद्धार भएका छन् भन्ने तथ्य पुष्टि गर्ने काम भइरहेको बताए। मङ्गुनीका अनुसार सुरुङमा फसेका केही शव प्लास्टिकमा बेरिएका अवस्थामा भेटिएका थिए।
खानी कामदारहरूको लागि बाहिर निस्कने एक मात्र उपाय अर्को खानीको सुरुङमार्फत जानु हो, जुन अत्यन्तै खतरनाक छ। यो खानी २।५ किलोमिटर गहिरो छ र यसमा धेरै तह तथा सुरुङहरू रहेका छन्।
खनिज स्रोत मन्त्री ग्वेडे मान्ताशेका अनुसार अहिलेसम्म १५ सयभन्दा बढी अवैध खानी कामदारहरू पक्राउ परेका छन्, जसमा अधिकांश विदेशी नागरिकहरू रहेका छन्।
यसैबीच, प्रहरी मन्त्री सेन्जो मचुनुले उद्धार कार्य १० दिनसम्म जारी रहने बताएका छन्। सतहमा जीवित उद्धार गरिएका कामदारहरूलाई चिकित्सकीय सहायता दिएपछि अवैध उत्खननको आरोपमा पक्राउ गरिनेछ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
