‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति, सार्वजनिक माफीको माग
काठमाडौं । नेपाली चलचित्र ‘कार्साङ’को कथावस्तुमा गलत प्रस्तुति गरेको भन्दै शेर्पा समुदायले आपत्ति जनाएका छन्।
चलचित्रमा बलि र छेवर संस्कारलाई देखाइएको तर ती प्रथाहरू शेर्पा समुदायमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो। बौद्ध धर्मावलम्बी शेर्पा समुदायका अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा संस्कृतिमा बलि र छेवरको कुनै स्थान नभएको बताउँदै यस्ता चलचित्रहरूले सांस्कृतिक विचलन ल्याउन सक्ने चेतावनी दिए।
शेर्पा चलचित्र संघले जारी गरेको विज्ञप्तिमा शेर्पा समुदायको संस्कारको दुरुपयोग गरेको भन्दै सार्वजनिक माफीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शेर्पा समुदायले बुद्ध धर्मलाई मान्छ, बलि दिने प्रथा हाम्रो संस्कृति होइन ।’
निर्माण पक्षले भने चलचित्रको कथावस्तु समग्र शेर्पा समुदायको नभई सिन्धुपाल्चोकको यार्सा गाउँका शेर्पा समुदायको संस्कारमा आधारित रहेको स्पष्ट पारेका छन्। निर्देशक याम शेर्पाले चलचित्रको प्रचार सामाग्रीबाट ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश हटाइएको जानकारी दिए।
तर, शेर्पा अगुवाहरूले चलचित्रको कथावस्तु ऐतिहासिक रूपमा गलत व्याख्या हुने भन्दै तत्काल सच्याउन माग गरेका छन्। “चलचित्रले भविष्यमा शेर्पा परम्पराको प्रतिनिधित्व गर्ने झल्को दिने हुँदा गलत प्रस्तुति सच्याइनुपर्छ,” अगुवाहरूको भनाइ छ।
चलचित्रका कलाकारहरूले यो शेर्पा समुदायको पहिलो चलचित्र भएको दाबी गरेका थिए। तर, निर्माता फाराडेन्डी शेर्पाले ‘खाङ्ग्री’ पहिलो शेर्पा चलचित्र भएको र पछिल्लो समय ‘कुसुम’ र ‘टिन्छेन फामा’ जस्ता चलचित्र समेत निर्माण भइसकेको स्मरण गराउँदै यो चलचित्र पहिलो नभएको तर्क गरे।
पुस २६ गतेदेखि प्रदर्शनमा रहेको ‘कार्साङ’ मा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङको अभिनय रहेको छ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

