भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमएबीच ४ बुँदे सम्झौता सम्पन्न
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) अटोमोटिभ स्किल डेभलपमेण्ट काउन्सिल (एयसडिसि) र अटोमोटिभ कम्पोनेण्ट म्यानुफयाक्चर्स एशोसिएशन (एसिएमए) बीच त्रिपक्षियरुपमा चार बुंँदे सम्झौता भएको बताइएको छ । सम्झौतामा एनएडिएका तर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता निम्नानुसार रहेका छन् :
१. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल्यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
२. अटोमोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पुर्याउन , गुणस्तर तालिम क्षमताहरूको दूरीलाई सम्बोधन र यसको बृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरु उपलब्ध गराउने छ ।
३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप विकाशका तालिमकर्ताहरु र मूल्यांकनकर्ताहरूको विकास गरिनेछ ।
४. भारतको अटोमोटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउने कार्य गर्नेछन भनिएको छ ।

यो त्रिपक्षीय सम्झौता नेपाल र भारतबीचमा खासगरी नेपालको अटोमोवाइल क्षेत्रको शीप विकासको लागि कोशेढुङ्गा सावित हुने विश्वास एनएडिएले लिएको छ । यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको बताइएको छ ।

सो हस्ताक्षर समारोहमा एयसडिसीकातर्फबाट अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । त्यस्तै एनएडिएकातर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थिति रहेको थियो ।



सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय