अमेरिका बाहिरिने भएपछि डब्ल्यूएचओले के भन्यो ?
काठमाडौँ । डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिमा पुनरागमनको प्रभाव विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले पनि महसुस गरिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, डब्ल्यूएचओले लागत घटाउनुपर्ने र कुन स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने भनेर समीक्षा गर्नुपर्ने बताएको छ ।
यो बयान ट्रम्पको घोषणापछि आएको हो, जब ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका डब्ल्यूएचओबाट अलग हुने बताएका थिए । ट्रम्पले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीलाई कोभिड(१९ महामारी र अन्य विश्वव्यापी स्वास्थ्य संकटहरूलाई गलत तरिकाले सम्हालेको आरोप लगाए ।
‘यो घोषणाले हाम्रो आर्थिक अवस्थालाई अझ नाजुक बनाएको छ,’ डब्ल्यूएचओका महानिर्देशक अधानोम गेब्रेयससले भने । डब्लुएचओले महत्वपूर्ण क्षेत्रहरू बाहेक यात्रा खर्चमा उल्लेखनीय कटौती गर्ने र भर्ती स्थिर गर्ने योजना बनाएको उनले बताएका छन् ।
एक वर्षको सूचना अवधि पछि अमेरिका जनवरी २०२६ मा डब्लुएचओबाट बाहिरिने तालिका रहेको छ । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो आर्थिक सहयोगी हो, जसले यसको लगभग १८ प्रतिशत कोष प्रदान गर्दछ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
