रौतहटको बगहीमा भेटियो दिवा खाजा अब्बल दिने विद्यालय
सञ्जय मिश्रा /रौतहट। नेपाल सरकारले विधार्थीलाई नियमीत गराउन गरेको ब्यबस्था अन्तर्गत दिवा खाजाको रकममा भ्रष्टाचार भईरहेको पटक पटक समाचार आईरहने रौतहट जिल्लामा एउटा सामुदायिक बिद्यालय भने आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ।
कटहरिया नगरपालिका– ७ स्थित माबी बगही विद्यार्थीलाई दिवा खाजा ख्वाउनमा संभवतः जिल्लामै अब्बल देखिएको हो। वडा ७ का अध्यक्ष महमद सहिद मियाँ धोबी र प्रधानाध्यापक सरोज कुमार साहको सक्रियतामा माबि बगहिमा कक्षा १० को विद्यार्थीहरूको लागि निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरिरहेको छ।
विद्यालयको निजी आम्दानी हुने कुनै स्रोत नभएपनि वडा अध्यक्ष धोबीले बिकास बजेटबाट दिने गरेको रकमबाट बिद्यालय सञ्चालनमा टेवा पुगेको छ। माबी बगहिमा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक दिन परिकार परीवर्तन गरी दिवा खाजा दिने गरिन्छ। शिशु कक्षा देखी कक्षा ५ सम्मका ४५५ जना बिद्यार्थीहरुलाई साताको आईतवार खिर, सोमवार कुखुराको मासु चिउरा वा उसिनेको अण्डा, मंगलवार मौषम अनुसारको फलफूल, बुधवार पकाइएको चना भुजा, बिहिवार हलुवा र शुक्रवार खिचडी दिवा खाजाको रुपमा दिने गरिएको प्रधानाध्याक सरोज कुमार साहले बताएका छन्।
जबकी कटहरिया नगरपालिकाको अन्य बिद्यालयहरुले दिवा खाजामा पैकेटको चलानी नास्ता दिने गरेका छन्। कक्षा १० मा अध्ययनरत ४५ जना बिद्यार्थीलाई गत भदौ देखिनै निःशुल्क रुपमा एसईई परीक्षाको तयारी कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक साहले बताएका छन्। तीन बिषयको तयारीका लागि सञ्चालन गरिएको कक्षामा अध्यापन गराउने ३ जना शिक्षक मध्ये २ जनाको पारिश्रमिक प्रधानाध्यापक साह ब्यक्तिगत रुपमा दिँदै आएको उक्त विद्यालयका पूर्व प्रअ नवलाकिशोर ठाकुरले बताए ।
विद्यालयमा कार्यरत निजी स्रोतका ७ जना शिक्षकको तलबको लागि वडा अध्यक्ष धोबीले वडाको सिलिङबाट मासिक करिब १ लाख रुपैयाँ दिँदै आएको एकजना शिक्षक नागेन्द्र राउतले जानकारी दिएका छन्। माबि बगहिमा संभवतः जिल्लामै सबै बिद्यालय भन्दा कम शुल्क लिने गरिएको छ। प्लस २ कक्षामा पाठ्यपुस्तकसहित बार्षिक ३५ सय मात्र शुल्क लिने गरिन्छ, जुन अन्य विद्यालयको तुलनामा निकै कम भएको प्रधानाध्यापक सरोजकुमार साहले दाबी गरेका छन्।
त्यतिमात्र नभई विद्यालयमा आर्थिक कारोवार पूर्ण डिजिटल अर्थात बैङ्किङ प्रक्रियामा हुने गरेको बताईएको छ। विद्यालयमा शिशु कक्षा देखी कक्षा १२ सम्म कुल ८८१ विधार्थी अध्ययनरत रहेका छन् भने ३ जना निजी स्रोतसहित १५ जना शिक्षक कार्यरत रहेको बताईएको छ। यती राम्रो तरिकाले बिद्यालय सञ्चालन गर्दा पनि अन्य विद्यालयहरूमा निजी स्रोतको शिक्षक दिने कटहरिया नगरपालिकाले माबि बगहीलाई सँधै अपेक्षा गर्दै आएको त्यहाँ कार्यरत शिक्षकहरुले दुःखेसो पोखेका छन्।
सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

