ह्वाइट हाउस नजिकै ६४ यात्रु सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो
जानकारी केन्द्र
२०८१, माघ, १७
काठमाडौं । अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ। स्थानीय समयानुसार बेलुकी ९ बजेतिर आकाशमै हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीस्थित पोटोम्याक नदीमा खसेको छ।
उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार रहेका थिए । यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको हो। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका छन् ।
विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन्। विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन्। दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
