ओखलढुंगाबाट काठमाडौं हिँडेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं । ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।
सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन्। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँड्दा सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो।
सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन्। सुमोमा चालकसहित चार जना सवार थिए।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

