ट्राइम्फ स्क्र्याम्बर ४०० एक्स बाइकको मुल्य सहित सम्पुर्ण जानकारी
काठमाडौ । नेपालमा ट्राइम्स मोटरसाइकलका लागि आधिकारिक वितरक हंसराज र हुलासचन्द द्धारा नाडा अटो शो २०२४ मा ट्राइम्फ स्क्र्याम्बर ४०० एक्स लन्च गरिएको थियो ।
यस बाइकको स्पेसिफिकेसनको बारेमा कुरा गर्नुपर्दा यसको इन्जिन टाईप सिङ्गल सिलिन्डर, ४ भल्भ, लिक्विड कुल्ड,एफ आई र डिओएचसि रहेको छ भने डिस्प्लसमेन्ट ३९८.१५ सिसि रहेको छ । सेल्फ स्टाटरको स्टाटिङ मेकानिजम रहेको यस बाईकको म्याक्स पावर ४० पिएसका साथै ८००० आरपिएम र म्याक्स टर्क ३७.५ एन एम रहनुका साथै ६५०० आरपिएम उपलब्ध छ । त्यस्तै गरि ६ स्पिडको गियरबक्स रहेको यस बाईकको टप स्पिड प्रति घण्टा १५५ किलोमिटर रहेको कम्पनिको दाबि छ ।
यस ट्राइम्फ ४०० एक्स बाइकले दिने माइलेजको कुरा गर्नुपर्दा प्रति घण्टा २५ देखि २९ किलोमिटर रहेको छ । बाइकमा १००/९०–१९ र १४०/८०–१७ को दुवै तिर डिस्क टायर उपलब्ध भएको कम्पनिले बताएको छ । ८३५ एमएम को सिट पाउन सकिने यस बाइकमा यु एस डि फोर्क र ग्यास मोनोसकको सस्पेन्सन जडान गरिएको छ । त्यस्तै गरि १९५ एमएमको ग्राउन्ड क्लियरेन्स बाइकमा पाउन सकिन्छ भने यस ट्राइम्फ ४०० एक्स बाइकको तौल १८५ केजि छ ।
कम्पनिका अनुसार यस बाइकको मुल्य ६ लाख ९९ हजार ९०० रुँपैया बताईएको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय