ट्राइम्फ स्क्र्याम्बर ४०० एक्स बाइकको मुल्य सहित सम्पुर्ण जानकारी
काठमाडौ । नेपालमा ट्राइम्स मोटरसाइकलका लागि आधिकारिक वितरक हंसराज र हुलासचन्द द्धारा नाडा अटो शो २०२४ मा ट्राइम्फ स्क्र्याम्बर ४०० एक्स लन्च गरिएको थियो ।
यस बाइकको स्पेसिफिकेसनको बारेमा कुरा गर्नुपर्दा यसको इन्जिन टाईप सिङ्गल सिलिन्डर, ४ भल्भ, लिक्विड कुल्ड,एफ आई र डिओएचसि रहेको छ भने डिस्प्लसमेन्ट ३९८.१५ सिसि रहेको छ । सेल्फ स्टाटरको स्टाटिङ मेकानिजम रहेको यस बाईकको म्याक्स पावर ४० पिएसका साथै ८००० आरपिएम र म्याक्स टर्क ३७.५ एन एम रहनुका साथै ६५०० आरपिएम उपलब्ध छ । त्यस्तै गरि ६ स्पिडको गियरबक्स रहेको यस बाईकको टप स्पिड प्रति घण्टा १५५ किलोमिटर रहेको कम्पनिको दाबि छ ।
यस ट्राइम्फ ४०० एक्स बाइकले दिने माइलेजको कुरा गर्नुपर्दा प्रति घण्टा २५ देखि २९ किलोमिटर रहेको छ । बाइकमा १००/९०–१९ र १४०/८०–१७ को दुवै तिर डिस्क टायर उपलब्ध भएको कम्पनिले बताएको छ । ८३५ एमएम को सिट पाउन सकिने यस बाइकमा यु एस डि फोर्क र ग्यास मोनोसकको सस्पेन्सन जडान गरिएको छ । त्यस्तै गरि १९५ एमएमको ग्राउन्ड क्लियरेन्स बाइकमा पाउन सकिन्छ भने यस ट्राइम्फ ४०० एक्स बाइकको तौल १८५ केजि छ ।
कम्पनिका अनुसार यस बाइकको मुल्य ६ लाख ९९ हजार ९०० रुँपैया बताईएको छ ।
सम्बन्धित समाचार
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
