Jankari Kendra
१० श्रावण २०८३, आईतवार

एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, माघ, २१
एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

काठमाडौँ । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर, चितवनस्थित सिमटी रेसोटमा आउँदो २१ माघदेखि २३ माघ सम्म तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको बताइएको छ ।

योे मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउने  कम्पनीले जनाएको छ। साथै,ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्ने बताइएको छ ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । ‘अनस्पट फाइनान्सिंग’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्शक ब्याजदरमा घर लान सकिने जनाइएको छ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’को मज्जा लिन  सक्नेछन् । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको बताइएको छ।

युट्युब सट्स