नेपालमा आइपुग्यो प्रतीक्षित ‘विङ्गर’ इलेक्ट्रिक स्कुटर
काठमाडौं । नेपाली बजारमा इलेक्ट्रिक स्कुटरप्रति बढ्दो रुचिसँगै जीरो इमिसन राइड एनले अत्याधुनिक प्रविधिसहितको ‘विङ्गर’ इलेक्ट्रिक स्कुटर भित्र्याएको बताइएको छ। उत्कृष्ट डिजाइन, मजबुत बनावट, शक्तिशाली मोटर र उच्च ब्याट्री क्षमताका कारण ‘विङ्गर’ स्कुटर नेपाली उपभोक्तामाझ निकै प्रतिक्षित मोडेल थियो। अब यसको आगमनसँगै ग्राहकहरूले अझ राम्रो रेञ्ज, सुरक्षासहितको सवारी सुविधा र टिकाउपनको अनुभव लिन सक्नेछन्।
उक्त स्कुटरमा ७२ भोल्ट ३५ एम्पियर ग्राफिन ब्याट्री तथा ७२ भोल्ट ४०एम्पियर लिथियम आयोन ब्याट्रीका दुई भेरियन्ट उपलब्ध रहेका छन्। ग्राफिन ब्याट्री भेरियन्टले १००+ किलोमिटर रेञ्ज प्रदान गर्छ भने लिथियम आयोन ब्याट्री भेरियन्टले अझ बढी रेन्ज दिने विश्वास कम्पनीको रहेको छ। २००० वाट रेटेड र ३९०० वाट पिक पावर मोटर जडान भएकाले यसको तान्ने क्षमता निकै राम्रो छ, जसले सहजै उकालो बाटो चढ्न मद्दत गर्ने बताइएको छ। ‘विङ्गर’ को टप स्पीड ६५ किलोमिटर/प्रति घण्टा रहेको छ भने ५ देखि ६ घण्टाभित्रै फुल चार्ज हुने कम्पनीले जनाएको छ।

यसमा १२ इन्चको व्हिल भएकाले पनि अप्ठेरो बाटोमा चलाउन खासै समस्या नहुने ,साथै दुबै पाँग्रामा डिस्क ब्रेक भएकाले सुरक्षित रुपमा कन्ट्रोल गर्न सजिलो हुनेछ । अगाडि खुट्टा राख्ने ठाउँको स्पेस पनि प्रशस्त रहनुका साथै यसमा पछाडि क्यारियर बक्स समेट फ्रिमा दिइने कम्पनीले बताएको छ । डिजाइन र सुविधाका हिसाबले पनि ‘विङ्गर’ आधुनिक रहेको जनाइएको छ। यसको ठूला टायरहरू,एनएफसी कार्ड स्टार्ट सिस्टम, एन्टी-थेफ्ट अलार्म, ह्वील लक, ह्याजार्ड लाइट, पार्किङ सेन्सर, साइड स्ट्यान्ड सेन्सर, रिभर्स गियर मोड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका उन्नत प्रविधिहरूले सुरक्षासहितको आरामदायी यात्रा गर्न मद्दत गर्ने कम्पनीको दाबी रहेको छ।
७२ भोल्ट ३५ एम्पियर ग्राफिन ब्याट्री भेरियन्टको मूल्य रु. २,०९,७०० राखिएको छ भने ७२ भोल्ट ४०एम्पियर लिथियम आयोन ब्याट्री भेरियन्टको मूल्य रु. २,५४,७०० रहेको कम्पनीले बताएको छ। जीरो इमिसन राइड एनले ग्राहकहरूको सुविधाका लागि एक्सचेन्ज तथा फाइनान्स सुविधा पनि ल्याएको जनाएको छ । नेपालमा पछिल्लो ६ वर्षदेखि इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको जीरो इमिसन राइड एनले इभि दुई पांग्रे सवारीमा सबैभन्दा राम्रो बिक्रीपछिको सेवा (After Sales Service) दिने दाबी गरेको छ। हाल काठमाडौं उपत्यकामा १४ वटा सर्भिस सेन्टर र चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्, जसले ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गरिरहेको बताएको छ।

सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

