Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

बस दुर्घटना हुँदा ५१ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २९
बस दुर्घटना हुँदा ५१ जनाको मृत्यु

काठमाडौँ । मध्य अमेरिकी देश ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको छ । यात्रुहरूले भरिएको बस सान अगस्टिन अकासाग्वास्टलान शहरबाट राजधानी जाँदै थियो ।

अग्नि नियन्त्रक अधिकारी एडविन भिल्लाग्रानले धेरै सवारी साधन एकअर्कासँग ठोक्किएपछि बस लगभग २० मिटर गहिरो नालीमा खसेको बताए । दुर्घटनापछि आधा बस नालीमा डुबेको थियो । त्यस कारण मानिसले बाहिर निस्कने मौका पाएनन् ।

सरकारी अधिकारीहरूका अनुसार दुर्घटना हुँदा बसमा लगभग ७० जना सवार थिए । ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । ग्वाटेमालाका सञ्चारमन्त्री मिगुएल एन्जल डियाजले प्रारम्भिक अनुसन्धानबाट बस ३० वर्ष पुरानो भएको तर यसको काम गर्ने लाइसेन्सको म्याद अझै सकिएको नदेखिएको बताए ।

Top Changing Nepal

युट्युब सट्स