प्रहरी कुटने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
काठमाडौं । डयुटीमा रहेका प्रहरी माथी कुटपिट गर्ने नेकपा एमाले निकट बिधार्थी नेतालाइ पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाइ जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।
‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृह मन्त्री लेखक माथी प्रश्न उठाएका छन ।
उनका अनुसार बिधार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुटने समुहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफुहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।
अखिल नेता पक्राउ नगर्ने गृह मन्त्री लेखक पदमा बसिरहन उचित नहुनेसमेत खनालको तर्क छ ।
गत माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई एमाले निकट अखिलका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेकाे अाराेप लागिरहेकाे छ । तर, अरू पक्राउ पर्दा पनि उनलाइ भने पक्राउ नगरी मुद्दासमेत नचलाइएकाे भन्दै जनमानसमा राेष पैदा भएकाे छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

