सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम
काठमाडौं । बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु भएको छ । बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।
विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडो रुपमा खन्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्टको पाइप गाडेको छ ।
विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री प्रदीप यादवको भनाइ छ । उनले बुधबार नै बबरमहल क्षेत्रको निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएका थिए ।
काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको बताए । उनका अनुसार करिब चार घण्टासम्म पानी बग्दा ४० लाख लिटर पानी खेर गएको छ र पाइप फुट्दा ४० लाखबराबर क्षति भएको छ ।
सम्बन्धित समाचार
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

