कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
हैदाराबाद । नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८ एडी’ ले गत वर्ष बक्स अफिसमा निकै धूम मच्चाएको थियो। प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनजस्ता स्टारहरू अभिनित यो फिल्मले विश्वव्यापी रूपमा १०४२.२५ करोड रुपैयाँ संकलन गर्न सफल भएको थियो । अहिले फेरी नाग अश्विनले आफ्नो अर्को फिल्मको तयारी गर्न थालेका छन् र यसका लागि आलिया भट्टसँग कुराकानी भइरहेको जनाइएको छ ।
आलिया भट्ट अहिले सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा उनी रणवीर कपुर र विक्की कौशलसँग काम गरिरहेकी छिन । यसको छायांकन अक्टोबर २०२५ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तर, पिंकभिलाको रिपोर्ट अनुसार यदि सबै ठीक भयो भने आलियाले राष्ट्रिय पुरस्कार विजेता निर्देशक नाग अश्विनसँग अब चाँडै काम गर्ने छिन्। आलिया केही समयदेखि एउटा स्क्रिप्टको खोजीमा छिन्, जुन ‘लभ एन्ड वार’ पछि उनको अर्को फिल्म बन्न सक्छ । स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि नाग अश्विनले ‘कल्की २८९८ एडी’ को अर्को भाग अघि अर्को नयाँ फिचर फिल्मको योजना बनाइरहेका छन्। जसमा उनी आलियासँग जोडिन खोजिरहेका छन् ।
यसमा भनिएको छ, ‘अहिले फिल्मको विधा र कथानक जस्ता जानकारी गोप्य राखिएको छ तर नाग अश्विनले आलिया भट्टसँग आफ्नो अर्को फिल्ममा काम गर्न सक्नेछन् । दुवैबीच प्रारम्भिक कुराकानी भइसकेको छ र आलियालाई पनि कथा मन परेको छ ।’ अहिले दुवै बीचको वार्ता अन्तिम चरणमा रहेको पनि बताइएको छ ।
तर, आलियाले नोभेम्बरबाट मात्रै अर्को फिल्मको सुटिङ गर्न सक्ने भएकाले पनि सुटिङको मिति तय भइसकेको जनाइएको छ । नाग अश्विन पनि आफ्नो अर्को फिल्म नोभेम्बरबाट नै सुरु गर्न चाहन्छन् किनकी अब उनले ‘कल्की २८९८ ईस्वी’ मा पनि काम गर्न बाँकी छ, जसको छायांकन २०२६ को दोस्रो हाफमा सुरु हुने जनाइएको छ । तर, नाग अश्विनले आलियासँग काम गर्न खोजेको फिल्मको नाम भने अझै सार्बजनिक भइसकेको छैन् ।
तर, आलिया भट्टले भने निर्देशक अभिषेक पाठकसँग ‘हाउसवाइफ’ नामक रोमान्टिक फिल्म साइन गर्न लागेकी थिइन् । यसबारे अझै वार्ता जारी छ । आलियाका कुरा गर्दा वर्कफ्रन्टमा आलियासँग हाल धेरै ब्याक टू ब्याक फिल्महरू रहेका छन्। ‘लभ एन्ड वार’ बाहेक उनी वाईआरएफ स्पाई युनिभर्सको ‘अल्फा’ मा पनि एक्शन गर्दै देखिने छिन् भने उनी ‘हाउसवाइफ’ र म्याडकको हरर कमेडी युनिभर्सको ‘चामुण्डा’ मा पनि देखिने भएकी छिन् ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

