सीजी मोटर्सले नेपालमा सबैभन्दा ठूलो चार्जिङ नेटवर्क मार्फत ईभीको पूर्वाधारलाई थप मजबुत बनाउँदै
काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउने भएको छ । २४८ बढी जीबीटी र २४ भन्दा बढी सीसीएस्–२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक र सहज बनाउने बताइएको छ ।
चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर, सीजी मोटर्सले रेन्ज एंग्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको जनाएको छ। प्रमुख शहरहरूमा होस् वा मुख्य राजमार्गहरूमा, सीजी मोटर्सका चार्जिङ स्टेसनहरूले ईभी चालकहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाएको बताइएको छ ।
ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सलेसीजी केयर्स एप पनि सुरु गर्ने योजना बनाएको जनाएको छ। यस एपबाट २४/७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बर: +९७७ ९७०७०९४२०७), सर्भिस,पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजी संग सम्बन्धित जानकारी लिन सकिन्छ।
नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइएको छ। नेपालको २४८+ स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

